: मकवानपुरका विभिन्न स्थानमा करिब ३० बिघा १० कट्ठामा अवैध रूपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।
चार दिनमा उक्त गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।
मकवानपुरको उत्तरी भेगस्थित राक्सीराङ गाउँपालिका अन्तर्गत चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार र कैलाश गाउँपालिका अन्तर्गत सातकन्या, खैरेनी, जोईटी र भिमफेदी गाउँपालिका अन्तर्गत भदौरे ज्यार्बु लगायतका स्थानमा अवैध रूपमा खेती गरिएको गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।