मुख्य समाचार
मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड
मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड

। मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ ।

आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो ।

अब १० दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् ।

बिहीबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा पुग्दा पटक–पटक सर्भर डाउन भएको देखियो । जसका कारण एक मिनेटमा हुने काम आधा घण्टासम्म सेवाग्राही कुरेर बस्नु परेको देखियो ।

‘आधा घण्टा अगाडि लाइन बसेको हो । काम भने सहज रूपमा काम भयो,’ सेवाग्राही अतीत नेपालले भने । निर्वाचन कार्यालय अगाडि अनलाइन फारम भर्नेको पनि भिड थियो । बारम्बर सर्भर डाउन भएकाले फारम भर्नै समस्या भएको गुनासो सेवाग्राहीको छ ।

‘अनलाइन फारम भर्न लाइनमा बसेको हो । कोचाकोच लाइन छ,’ सेवाग्राही एलिना मगरले भनिन् ।

सर्भर डाउन भइरहेकाले सेवा प्रवाहमा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले पनि स्वीकार गरेको छ ।

‘यहाँ आउनेको संख्या बढेको छ । थामिसक्नु छैन । सर्भर डाउन भएर दुःख पाएका छौँ,’ सूचना अधिकारी सिर्जना रायमाझीले भनिन्, ‘सेवाग्राहीले पनि दुःख पाउनुभएको छ । यद्यपि, छिटो दिने प्रयास गरेका छौँ ।’



७७ जिल्लामा नै चाप बढेकाले सर्भरमा समस्या भएको कार्यालयको भनाइ छ । यसबीच पनि ६ वटा डेस्क राखेर दैनिक १ हजारदेखि १ हजार २०० जनालाई सेवा दिइरहेको कार्यालयले जनाएको छ ।

‘७७ जिल्लामै अनलाइनमा धेरै आवेदन आएको छ । सर्भरले धान्न सकेको छैन । क्षमताभन्दा बढी भएर समस्या आएको हो,’ सूचना अधिकारी रायमाझीले भनिन् ।

पहिलो त ७७ जिल्लाकै निर्वाचन कर्यालयमा गएर नाम दर्ता गाउन सकिन्छ । तर बाहिर जिल्लाका पनि काठमाडौंको कार्यालयमा आएकाले भिड बढी भएको हो ।

उपत्यकाको ललितपुर र भक्तपुरमा पनि गएर नाम समावेश गर्न सकिन्छ । तर काठमाडौंको कार्यालयमा आउनेको संख्या धेरै भएकाले सेवा प्रवाहमा समस्या आएको गुनासो कार्यालयको छ ।

‘सबै काठमाडौंमा आउनुहुन्छ । भक्तपुर र ललितपरमा पनि जाँदा हुने हो,’ रायमाझीले भनिन्, ‘क्षमताभन्दा बढी गर्दा पनि सकिएको छैन । सकेसम्म सेवा दिन्छौं ।’ जिल्ला निर्वाचन कार्यालयले सानो जनशक्ति र साँघुरो ठाउँ भएकाले पनि थप डेस्क राख्न सकेको छैन ।



‘सफ्टवेयर राम्रोसँग चल्ने हो भने धेरै गर्न सकिन्छ । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेका छौँ,’ रायमाझीले भनिन् । लाइनमा बसेकालाई ६ बजेपछि पनि सेवा दिइरहेको कार्यालयले जनाएको छ ।

समस्याका बीच पनि सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएर आएको देखियो । ‘राम्रो उम्मेदवारलाई भोट दिन नाम दर्ता गर्न आएको हुँ,’ सेवाग्रही एलिना मगरले भनिन् ।

अतीत नेपालको धारणा पनि उस्तै छ । ‘भोट हाल्न आतुर छौँ । सोचेर, बुझेर राम्रो लिडरलाई चुन्नुपर्छ,’ उनले भने ।

पहिलो पटक मदतान गर्न मतदाता आतुर छन् । ‘पहिलो पटक मतदान गर्न नाम समावेश गर्न आएको हुँ,’ सेवाग्राही शारदा भट्टले भनिन्, ‘राम्रो व्यक्तिलाई चुन्न नाम समावेश गरेको हुँ ।’



तर, कार्यालयमा कतिपय भने पहिले नै दर्ता भइसकेका पनि फेरि दर्ता गर्नुपर्ने हो कि भनेर आइरहेका छन् । एक पटक नाम दर्ता गरेकाहरूलाई दर्ताको लागि नआउन कार्यालयले आग्रह गरेको छ । ३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ ।

१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।

आयोगको बेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ । विवाह भएर अन्यत्र गएका, बसाइँसराइँ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मकवानपुरको हेटौंडामा अनियन्त्रित भएर पल्टिएको अटोमा स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलका ३३ वर्षीय राघब बराल रहेका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा बजारबाट कर्रा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १३५० नम्बरको अटो बिहीबार अनियन्त्रित भई पल्टिएको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००५ प ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् । नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब ...
। अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ । सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ । आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ । दल ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर ...
। प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छिन् । द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय ...