मुख्य समाचार
नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने
नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने

। नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् ।

नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब डिस्क्रिप्सन’ मा बिजनेस क्लासमा अपग्रेड गर्ने सम्बन्धी अधिकार दिइने गरिएको छ ।

तर, अबका दिनमा त्यस्तो अधिकार प्रयोग गर्न र गर्न नदिन निमित्त महाप्रबन्धकले निर्देशन दिएका हुन् ।

नेवानिका जहाजमा इकोनोमी क्लासका टिकट काटेका यात्रुलाई चिनजान र पहुँचका आधारमा बिजनेस क्लासमा अपग्रेड गरिदिने विकृति लामो समयदेखि रहँदै आएको छ ।

‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा विभागको निर्देशकहरूको जब डिस्क्रिप्सनमा रहेको बिजनेस क्लास अपग्रेड सम्बन्धी अधिकार कार्यान्वयन नगर्नू/नगराउनू हुन निर्देश गरिन्छ,’ निमित्त महाप्रबन्धक कालाखेतीले जारी गरेको परिपत्रमा छ ।

त्यस्तै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई कसैले अपग्रेड गरे वा गर्न लगाएको पाइए आर्थिक सहित विभागीय कारबाही हुने पनि निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो । अब १० दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको ...
। मकवानपुरको हेटौंडामा अनियन्त्रित भएर पल्टिएको अटोमा स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलका ३३ वर्षीय राघब बराल रहेका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा बजारबाट कर्रा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १३५० नम्बरको अटो बिहीबार अनियन्त्रित भई पल्टिएको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००५ प ...
। अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ । सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ । आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ । दल ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर ...
। प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छिन् । द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय ...