मुख्य समाचार
भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्लै तिर्नुपर्ने’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै खण्डन
भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्लै तिर्नुपर्ने’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै खण्डन

। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही सञ्चार माध्यमले प्रकाशित गरेको भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्लै तिर्नुपर्ने’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेको छ ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारले भारत-नेपालबीचको विद्युत् प्रसारण सहकार्यबारे गलत बुझाइ दिन खोजेको उल्लेख गर्दै खण्डन गरेको हो ।

नेपाल–भारतबीच ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण भइरहेको र नेपाल विद्युत प्राधिकरण (नेपालतर्फ) ती संयुक्त कम्पनीहरूको साझेदार भएकोले भारतलाई एक्लै भाडा बुझाउनुपर्ने कुरा सत्य नभएको मन्त्रालयका प्रवक्ता सन्दिप कुमार देवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल सञ्‍चालनमा रहेको ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन र निर्माणाधीन न्यू बुटवल–गोरखपुर लाइन दुवैमा नेपाल विद्युत प्राधिकरणको ५० प्रतिशतसम्मको स्वामित्व छ ।




त्यस्तै, इनरुवा–पूर्णिया र दोदोहरा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि पनि हालै नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापना र शेयरहोल्डर्स एग्रिमेन्टमा हस्ताक्षर भइसकेको छ ।

यी प्रसारण लाइनहरूका लागि नेपाल विद्युत प्राधिकरणले गरेको ‘क्यापासिटी बुकिङ’ को भुक्तानी भारत सरकारलाई नभई संयुक्त कम्पनीहरूलाई बुझाइने र त्यसमा नेपाल पनि बराबरको हिस्सेदार हुने मन्त्रालयले प्रष्टाएको छ ।

त्यसैले उक्त कम्पनीहरूले कमाउने लाभांशमा नेपाल विद्युत प्राधिकरणको पनि अनुपात अनुसार अधिकार रहने मन्त्रालयले भनेको छ ।

‘यी प्रसारण लाइनहरू व्यवसायिक प्रयोजनका लागि निर्माण भइरहेका छन् । सञ्चार माध्यममा व्याख्या गरिएझैँ नेपालले भारतलाई एकतर्फी रूपमा भाडा बुझाउनुपर्ने होइन,’ विज्ञप्तिमा छ ।

विद्युत् आयात–निर्यातका लागि प्रसारण संरचना निर्माण विद्युत् बजार सुनिश्चित गर्न अपरिहार्य रहेको उल्लेख गर्दै भ्रामक समाचारबाट सर्वसाधारण भ्रममा नपर्न मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो । अब १० दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको ...
। मकवानपुरको हेटौंडामा अनियन्त्रित भएर पल्टिएको अटोमा स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलका ३३ वर्षीय राघब बराल रहेका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा बजारबाट कर्रा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १३५० नम्बरको अटो बिहीबार अनियन्त्रित भई पल्टिएको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००५ प ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् । नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब ...
। अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ । सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ । आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ । दल ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर ...