मुख्य समाचार
जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा
जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा

। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् ।

जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै विप्लवले अहिले जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताए ।

सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंमा प्रदर्शनपछिको सभामा बोल्दै अध्यक्ष विप्लवले भने, ‘हामीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्छ, हाम्रो पार्टीले लडेकै हो तर हाम्ले पार लगाउन सकेका थिएनौं, विभिन्न क्षेत्रबाट लडेका थिए जनताहरू तर जनताले पार लगाउन गाह्रो भएको थियो, जनयुद्ध बीचमै तुहिएको थियो त्यसलाई पार लगाउन सकेको थिएन ।’

उनले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताए । ‘भ्रष्टचारहरूले अटेर गर्दै नसुनेपछि, मुर्खता गर्दैगएपछि, जनतालाई यी केही पनि होइनन् जे गरे पनि हुन्छ भन्ने ठान्न थालेपछि , प्रशासन छ, राज्य छ, डण्डा छ, बन्दुक छ, जेल, कानुन छ भनेर मनपरी गरेपछि जेनजी विस्फोट भयो,’ उनले ।




जेनजी कुनै पार्टी नभएको बताउँदै विप्लवले पार्टीले गर्न नसकेको काम जेनजीले गरेको भन्दै सबैले धन्यवाद दिनुपर्ने बताए ।

जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको बताए ।

भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको उनले बताए ।

तर, आन्दोलनको दुई दिन पछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिने खतरा देखिएको उनको आरोप छ ।

उनले भने, ‘जब जेनजीहरू संगठित प्रक्रिया पूरा भइरहेको थिएन नेपालमा जेनजी विद्रोह फेरि असफलतातिर जाने संकेत देखिएको छ, लगभग यदि नयाँ पुस्ताले तुरन्त नयाँ नयाँ कदम चाल्ने स्थिति भएन भने, नेपालका सबै श्रमिक जनताले जेनजीसँग तालमेल मिलाएर अधुरो कामलाई पूरा नगर्ने हो भने लगभग जनयुद्धकै हालतमा, त्यो भन्दा पनि खराब स्थितिमा जेनजी विद्रोह पुग्दैछ ।’

माओवादी जनयुद्ध पछिको परिवर्तनलाई दलालहरूले कब्जा गरेको भन्दै विप्लवले जेनजी विद्रोहपछिको नेपाललाई विदेशी दलालले कब्जा गर्न खोजेको आरोप लगाए ।

जेनजी विद्रोहपछिको अवस्थामा पनि राज्य संयन्त्र प्रयोग गरेर मुलुकमा केही हुँदैन भन्ने भ्रम फिजाँउन खोजिएको उनको दाबी छ । जेनजी युवाहरूलाई व्यवस्थित भएर लड्न विप्लवको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो । अब १० दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको ...
। मकवानपुरको हेटौंडामा अनियन्त्रित भएर पल्टिएको अटोमा स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलका ३३ वर्षीय राघब बराल रहेका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा बजारबाट कर्रा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १३५० नम्बरको अटो बिहीबार अनियन्त्रित भई पल्टिएको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००५ प ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् । नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब ...
। अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ । सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ । आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ । दल ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर ...