मुख्य समाचार
मन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन
मन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन

। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् ।

समितिका पदाधिकारी हेरफेर हुनसक्ने संकेत गर्दै उनले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखाका प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन् ।


मन्त्री खरेलले निर्देशन दिँदै भने, ‘सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल राइट म्यान इन राइट प्लेस ल्याउनूस ।’

चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले विहिबार चलचित्रकर्मीसँग छलफल र अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा केही चलचित्रकर्मीले सेन्सर बोर्डको काम गर्ने शैलीप्रति आपत्ति जनाएका थिए ।

गुनासाहरूको जवाफ दिँदै मन्त्री खरेलले सहि व्यक्तिलाई बोर्डमा ल्याउन निर्देशन दिएका हुन् । संचार सचिव अर्यालले सेन्सर बोर्डबारे धेरै समस्या आएकाले यसबारे आफूले बुझ्ने बताइन् ।

अभिनेता प्रदीप खड्काले सेन्सर शैलीप्रति आपत्ति जनाए । निर्देशक प्रदीप भट्टराईले सेन्सर कमजोर रहेको बताए । ‘फिल्म लेख्ने बेलादेखि सेन्सर बोर्ड सम्झिएर हाम्रो हात काँप्छ’ भट्टराईले भने, ‘अब सेन्सरलाई खुकुलो बनाउनुपर्छ ।’

अभिनेता जितु नेपालले पनि सेन्सर बोर्ड लचिलो हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारलाई भ्यानिटी भ्यानको खाँचो भएकाले लगानीको लागि पहल गर्न संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँग आग्रह गरेकी छन् । विहिबार मन्त्रालयले चलचित्रकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो, जहाँ फिल्मकर्मीले आ-आफ्ना गुनासा राखेका थिए । मन्त्रीसामु अभिनेत्री शाहले एक दुःखद घट्ना सुनाइन् । उनका अनुसार, एक म्युजिक भिडियो छायांकन क्रममा भारतबाट ...
। फिल्म निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् । एक्सन फिल्मको लागि हतियार जरुरी रहेको जानकारी गराउँदै चाम्सले काठको बन्दुक लिएर छायांकन गर्दा त्यो स्वभाविक नदेखिने बताए । ‘काठको बन्दुक समाउँदा पनि पक्राउ पर्ने स्थिती अहिले छ’ उनले भने, ‘एक्सन फिल्मको लागि बन्दुक जरुरी हो ।’ आफूले ...
। चलचित्र विकास बोर्डले हल, ऐन, स्टुडियो, सेन्सरबारेका ५ बुँदे मागपत्र विहिबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई बुझाएको छ । मन्त्रालयमा आयोजित समारोहमा बोर्ड अध्यक्ष दिनेश डीसीले मन्त्री खरेललाई ती मागपत्र बुझाए । पत्र बुझ्दै मन्त्री खरेलले देश, जनता र चलचित्रकर्मीको हितको लागि बाँकी ५ महिनामा आफूले सक्ने काम गर्ने बताए । उनले आफ्नो कार्यकालभरि अध्यक्ष ...
। चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ । उनको खाताको युजरनेम सर्च गर्दा इन्स्टाग्रामले ‘यो खाता अहिले उपलब्ध छैन’ भन्ने देखाउँछ । सिसनलाई इन्स्टामा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए । उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने संचालनमा छन् । इन्स्टाग्राम खाता किन गायब भयो भन्ने कुरामा सिसनले अहिलेसम्म ...
। हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ । ‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् । सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष जीवित पुरस्कारको ४० औं ...