मुख्य समाचार
कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न महरको प्रस्ताव
कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न महरको प्रस्ताव

। नेपाली कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।




पछिल्लो समय युवाहरूमाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका बेला महरको यो प्रस्ताव आएको हो ।

उनले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।




‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरको प्रस्तावमा भनिएको छ ।

उनले यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन् ।

यो प्रस्तावले पार्टीको आन्तरिक पुनर्संरचना र पुस्तान्तरणको बहसलाई थप अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो । अब १० दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको ...
। मकवानपुरको हेटौंडामा अनियन्त्रित भएर पल्टिएको अटोमा स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलका ३३ वर्षीय राघब बराल रहेका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा बजारबाट कर्रा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १३५० नम्बरको अटो बिहीबार अनियन्त्रित भई पल्टिएको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००५ प ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् । नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब ...
। अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ । सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ । आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ । दल ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए। ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर ...