मुख्य समाचार
मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह
मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह

। फिल्म निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् ।

एक्सन फिल्मको लागि हतियार जरुरी रहेको जानकारी गराउँदै चाम्सले काठको बन्दुक लिएर छायांकन गर्दा त्यो स्वभाविक नदेखिने बताए ।
‘काठको बन्दुक समाउँदा पनि पक्राउ पर्ने स्थिती अहिले छ’ उनले भने, ‘एक्सन फिल्मको लागि बन्दुक जरुरी हो ।’

आफूले संसारलाई गोर्खाली सेनाको कथा सुनाउन चाहेको तर, यसका लागि कसरी हतियार प्रयोग गर्ने भन्ने प्रश्न उनले राखे ।

‘मलाई गोर्खाली आर्मीको कथा भनेर संसारलाई सुनाउन मन छ । विपोनको प्रयोग कसरी गर्ने ?’ उनले मन्त्री खरेलसामु भने, ‘काठको बन्दुक देखाउँदा जुम गर्दा त्यसलाई दर्शकले पत्याउँदैनन् ।’

चाम्स निर्देशित हालैको फिल्म ‘गोर्खा वारिअर’ले उत्कृष्ट एक्सन फिल्मको रुपमा चर्चा पाएको थियो । गोर्खाली सेनाको बहादुरीको कथा पेश गर्ने यो फिल्ममा प्रशस्त एक्सन प्रयोग गरिएको छ ।

सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले तत्कालिन गृहमन्त्री र गृहसचिवलाई यसबारे कुरा राखेपनि सरकार ढलेकाले त्यो सम्भव नभएको बताएका थिए ।

हतियारको सहजीकरण सम्बन्धी बुँदा नै राखेर बोर्डले विहिबार संचार मन्त्रालयलाई पत्र नै लेखेको छ ।

हतियार लिएर हिँड्दा, सेना-प्रहरीको पोशाक प्रयोग गर्दा पक्राउ परेका, स्पस्टीकरण सोधिएका र निर्माताले हैरानी खेपेका घटना पटक-पटक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारलाई भ्यानिटी भ्यानको खाँचो भएकाले लगानीको लागि पहल गर्न संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँग आग्रह गरेकी छन् । विहिबार मन्त्रालयले चलचित्रकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो, जहाँ फिल्मकर्मीले आ-आफ्ना गुनासा राखेका थिए । मन्त्रीसामु अभिनेत्री शाहले एक दुःखद घट्ना सुनाइन् । उनका अनुसार, एक म्युजिक भिडियो छायांकन क्रममा भारतबाट ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन दिएका छन् । समितिका पदाधिकारी हेरफेर हुनसक्ने संकेत गर्दै उनले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखाका प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन् । मन्त्री खरेलले निर्देशन दिँदै भने, ‘सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल राइट म्यान इन ...
। चलचित्र विकास बोर्डले हल, ऐन, स्टुडियो, सेन्सरबारेका ५ बुँदे मागपत्र विहिबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई बुझाएको छ । मन्त्रालयमा आयोजित समारोहमा बोर्ड अध्यक्ष दिनेश डीसीले मन्त्री खरेललाई ती मागपत्र बुझाए । पत्र बुझ्दै मन्त्री खरेलले देश, जनता र चलचित्रकर्मीको हितको लागि बाँकी ५ महिनामा आफूले सक्ने काम गर्ने बताए । उनले आफ्नो कार्यकालभरि अध्यक्ष ...
। चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ । उनको खाताको युजरनेम सर्च गर्दा इन्स्टाग्रामले ‘यो खाता अहिले उपलब्ध छैन’ भन्ने देखाउँछ । सिसनलाई इन्स्टामा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए । उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने संचालनमा छन् । इन्स्टाग्राम खाता किन गायब भयो भन्ने कुरामा सिसनले अहिलेसम्म ...
। हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ । ‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् । सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष जीवित पुरस्कारको ४० औं ...