। चलचित्र विकास बोर्डले हल, ऐन, स्टुडियो, सेन्सरबारेका ५ बुँदे मागपत्र विहिबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई बुझाएको छ ।
मन्त्रालयमा आयोजित समारोहमा बोर्ड अध्यक्ष दिनेश डीसीले मन्त्री खरेललाई ती मागपत्र बुझाए ।
पत्र बुझ्दै मन्त्री खरेलले देश, जनता र चलचित्रकर्मीको हितको लागि बाँकी ५ महिनामा आफूले सक्ने काम गर्ने बताए । उनले आफ्नो कार्यकालभरि अध्यक्ष डीसीलाई साथ दिने बताए ।
बोर्डले बुझाएको ५ बुँदे मागपत्र यस्तो छ :
१) सिनेमा हलबारे :
सिनेमा हल नभएको जिल्ला वा सहरमा खोल्यो भने निर्माण सामग्री र नयाँ प्रविधि भित्राउन भन्सार फ्रि र ३ वर्षसम्म सबै प्रकारको कर फ्रि गर्ने ।
सशष्त्र द्वन्द्व, भूकम्प, कोभिड, आगलागी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले बन्द भएका सिनेमाहल पुनः संचालन गर्दा निर्माण सामग्री र नयाँ प्रविधि भित्राउन भन्सार फ्रि र २ वर्षसम्म सबै प्रकारको कर फ्रि गर्ने ।
हाल सिनेमाघर भएको सहरमा नै नयाँ चलचित्रघर खोल्दा निर्माण सामग्री र नयाँ प्रविधि भित्राउन भन्सार फ्रि ।
२) ऐन, विधेयक सम्बन्धित
३) कल्याणकारी कोष र स्टुडियो निर्माणमा अनुदान रकमको निकासा
४) हतियार सम्बन्धित
५) सेन्सर सम्बन्धित