मुख्य समाचार
कम्पनीका शेयरधनीहरूले मस्कका लागि एक ट्रिलियन डलरको ‘सेलरी प्याकेज’ का लागि मन्जुरी
कम्पनीका शेयरधनीहरूले मस्कका लागि एक ट्रिलियन डलरको ‘सेलरी प्याकेज’ का लागि मन्जुरी

। अमेरिकी अटोमोटिभ तथा क्लिन एनर्जी कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कको तलब एक ट्रिलियन डलर हुने भएको छ। कम्पनीका शेयरधनीहरूले मस्कका लागि एक ट्रिलियन डलरको ‘सेलरी प्याकेज’ का लागि मन्जुरी दिइसकेका छन्।

यो कर्पोरेट कम्पनीका सीईओका लागि मञ्जुर गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘सेलरी प्याकेज’ हो। कम्पनीले आफ्नो वार्षिक बैठकमा ‘सेलरी प्याकेज’ को पक्षमा ७५ प्रतिशत शेयरधनीले मत राखेको जनाएको छ।

पछिल्ला केही दिनदेखि इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी टेस्ला इंकका सीईओको ‘सेलरी प्याकेज’ एक ट्रिलियन डलर बनाउने बोर्ड, मस्क र लगानीकर्ताका तर्फबाट अभियान चलाइएको थियो।

अब आफ्नो तलबका लागि मस्कले टेस्लाको बजार मूल्य बढाउनुपर्ने र मत्थर देखिएको कारको व्यापारलाई तीब्रता दिनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । बिहीबार ह्वाइटहाउसको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले आफू छिट्टै भारत भ्रमणमा जान लागेका बताएका हुन्। आफ्नो प्रयासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेको बताएका ट्रम्पले मोदी आफ्ना मित्र भएको पनि बताए ...
— मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार भएको छ । मेक्सिकी सहरमा नागरिकहरुसँग कुराकानी गरिरहेका बेला भीडबाट आएका एक पुरुषले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । राष्ट्रपति शेनबाउमले ती पुरुषविरुद्ध मुद्दा दायर गरेकी छिन् । मादक पदार्थ सेवन गरी आफूलाई दुर्व्यवहार गरेको घटनामा मुद्दा दायर गर्दै उनले यस घटनालाई ‘सबै महिलामाथिको आक्रमण’ भनेकी ...
— अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न भएको छ । न्यूयोर्क सहरको मेयरमा जोहरान मम्दानी निर्वाचित भएलगत्तै यो घटना भएको हो । यहुदी स्कुलको भित्तामा जर्मन तानाशाहा हिटलरको चिह्न स्वस्तिक बनाइएको छ । यस घटनामा मम्दानीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । न्यूयोर्क पोस्टका अनुसार म्याडाउनल्ड एभेन्युस्थित म्यागन डेभिड ...
— अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन् । बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो ...