मुख्य समाचार
सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्
सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्

: रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्। उनले परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता भएको बताएकी छन्।


रास्वपा परित्याग गर्दै नयाँ दल गठनको तयारीमा रहेकी श्रेष्ठले पुराना दलहरु रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता भएको टिप्पणी गरेकी छन्। उनले परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न भएको बताए। ‘राजनैतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन् सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो। पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुदै छन्, चुनावी समिकरण मिलाउनको लागि ।’ सामाजिक सञ्जाल एक्समा श्रेष्ठले भनिन्,‘परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाइ समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु।’

उनले कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न भन्दै प्रश्न गरेकी छन्। श्रेष्ठले भनिन्,‘सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामुहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि ? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् ( Council of Leaders ) बनाए कस्तो होला ? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ?’
उनले अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार भएको बताइन् । श्रेष्ठले भनिन्,‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी सम्बृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने "वैकल्पिक" राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...