मुख्य समाचार
'ए' डिभिजन लिग माग गर्दै खेलाडीको प्रदर्शन
'ए' डिभिजन लिग माग गर्दै खेलाडीको प्रदर्शन

— सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शन गरेका छन् ।



प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो । एन्फाका तर्फबाट प्रवक्ता सुरेश शाहले सहजीकरणका लागि प्रयास गरेका थिए । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवै काठमाडौंबाहिर छन् ।


एक घण्टाभन्दा बढी समय बिताएर भित्र जान नपाएपछि खेलाडीहरूले बाहिर नै प्रदर्शन गरे । त्यसैक्रममा खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाले गरिरहेको व्यवहारको निन्दा गर्दै आफूहरूको सशक्त प्रदर्शन कायम रहने बताए । खेलाडीहरूले ‘एन्फा अझै मस्तीमा, खेलाडीचाहिँ सास्तीमा’, ‘मैदानमा शून्यता, सडक हाम्रो बाध्यता’, ‘एन्फाको आस, खेलाडीको भोकै बास’ र ‘एन्फा भ्रममा नपार, जिउँदै खेलाडी नमार’ नारा लगाएका थिए ।


‘हाम्रो माग भनेकै फुटबल गतिविधि हुनुपर्ने भन्ने हो, नेपाली फुटबलमा रहेका बेथिति हट्नुपर्छ भन्नेमा छौं,’ अध्यक्ष लामाले भने, ‘एक साताभित्र ए डिभिजन गर्ने खाका तयार पारेर एन्फा प्रस्तुत भएन भने अझ सशक्त प्रदर्शन गर्नेछौं । हाम्रो संघर्ष अझ कडा हुनेछ । यो त सुरुआत मात्रै हो । खेलाडीको माग सम्बोधन गर्नु नै पर्छ ।’


त्यसमध्ये कतिपय विदेसिएका छन् । विरोध कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यदेखि पूर्व कप्तानहरूको उपस्थिति थियो ।त्यस अवसरमा राष्ट्रिय टिमका सदस्य रोहित चन्द र अञ्जन विष्टसँगै पूर्वकप्तान विराज महर्जनले ‘ए’ डिभिजन लिग नभएकामा आक्रोश पोखेका थिए ।


एन्फाले ‘ए’ डिभिजन लिगको आयोजना यो वर्ष गर्न नसक्ने भन्दै त्यसको स्थानमा राष्ट्रिय लिग गर्ने भनेको थियो । एन्फाले साढे दुई वर्षभन्दा बढी समयदेखि ‘ए’ डिभिजन आयोजना गर्न सकेको छैन । यसै क्रममा धेरै फुटबल खेलाडी बेरोजगार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २३ र २४ भदौको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनको क्रममा युवाहरू आयोगको कार्यालय तर्फ अघि बढ्न खोजेपछि प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन् । ‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो साथी नै हो । ...
। सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरिरहेका छन् । ‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी ...
। सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए । ‘काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्दै राष्ट्रिय वायू गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यावन्यन गरिनेछ,’ पौडेलले भने । त्यसैगरी ...
। बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालकसहित १८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको पुष्टि गरिन् । उनीहरु ...