मुख्य समाचार
कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै
कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

: कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। अर्सेदी मालुंगा संगमस्थलम कालीगण्डकी नदी उत्तर दिशातर्फ बगेको लामो दूरी मानिन्छ। गण्डकीको उत्तरबाहिनी क्षेत्र प्रचारप्रसार तथा महत्त्व बुझाउन गण्डकीको किनारामा उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव गरिएको छ। हिन्दू धर्ममा उत्तरबाहिनी गण्डकीको विशेष महत्त्व रहेको छ।



उत्तरबाहिनी गण्डकीमा स्नान, श्राद्ध, तर्पण, ज्ञान महायज्ञ, दानजस्ता कार्यहरू निकै पवित्र मानिन्छ। उत्तरबाहिनी गण्डकीको महत्त्वको बारे देश विदेशमा प्रचारप्रसार गर्न कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र रम्भा गाउँपालिका–१ हुगी अर्सेदीको संगमस्थल कालीगण्डकीको तिरमा एक महिने उत्तर गण्डकी महामेला गरेको छ।


असोज २१ गतेदेखि कात्तिक १९ गतेसम्म भएको महामेला धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको छ। महामेलाले कालीगण्डकीलाई विश्वभरका श्रद्धालुका लागि आस्थाको केन्द्रका रूपमा परिचित गराएको छ। शालिग्रामको उत्पत्तिस्थल र भगवान विष्णुको प्रतीक माने जाने कालीगण्डकी नदीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्त्वलाई उजागर गर्दै उत्तरबाहिनी क्षेत्रमा धार्मिक पर्यटन विकासको नयाँ बाटो खोलेको महामेलामा सहभागी नारायण दास नागा (बुलेट बाबा)ले बताए।



संगमस्थलको विकास तथा प्रचारप्रसारका लागि आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णको नेतृत्वमा २०७२ साल देखी कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको माध्यमबाट पूर्वाधार निर्माणसँगै उत्तरबाहिनीको धार्मिक महत्त्वको विषयमा लुम्बिनी र गण्डकी प्रदेशसँगै जोडिएका पालिकाबाट विविध प्रकृतिका कामहरू हुँदै आएका छन्।

अहिले उत्तरबाहिनी क्षेत्रमा १०८ गंगा धारा बाट नुहाउने, १०८ पिपल तथा शिवलिंग पूजा, प्राकृतिक उपचार केन्द्र, गुरुकुलम जस्ता पूर्वाधार निर्माण गरी सञ्चालनमा आएका छन्। हिन्दू धर्मशास्त्र अनुसार, कालीगण्डकी नदीमा स्नान र भगवानको दर्शन गर्नाले पापकर्म नाश हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ। कालीगण्डकीको अर्सेदी मालुंगा संगमस्थल उत्तरबाहिनी क्षेत्रमा मार्कण्डेय ऋषिले तपस्या गरेको र शिवको महालिंग भएकाले उत्तरबाहिनीको अझ बढी महत्त्व बढेको छ। कालीगण्डकीको किनारमा पाइने शालिग्राम पत्थरहरूलाई भगवान विष्णुको प्रत्यक्ष स्वरूपमा पुज्ने परम्परा रहेको पाइन्छ।

महामेलामा पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ लगायतका क्षेत्रका साथै भारत र नेपालका विभिन्न तीर्थस्थलका धर्मगुरु, साधु–सन्त, वैदिक आचार्य र ३ लाख बढी भक्तजनहरूको सहभागिताले उत्तरबाहिनी गण्डकीको महत्त्व बढेको छ। धार्मिक महोत्सवमा २ करोड रुपैयाँभन्दा आर्थिक संकलन भएको छ।

धार्मिक महामेलामा सहभागी धर्मगुरु साधु सन्त तथा आचार्यहरूले उत्तर गण्डकी क्षेत्रलाई ‘आध्यात्मिक ज्ञानको पवित्र भूमि’का रूपमा विश्वव्यापी रूपमा फैलाउनु पर्नेमा जोड दिए। महामेलामा १०८ गंगा जल बाट नुहाउने व्यवस्था, दैनिक पूजापाठ, ध्यान साधना, वैदिक अनुष्ठान, सवा लाख शालिग्राम पूजा, १०८ शिवलिंग पूजा, गंगा आरती, प्रवचन, विश्वकै ठूलो शंखको अवलोकन तथा विशाल शिव मूर्ति दर्शन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन भए। धार्मिक महामेलाले धार्मिक पर्यटनमार्फत गाउँस्तरमै रोजगारी र आम्दानीको नयाँ सम्भावना बढ्दै गएको देखिन्छ।

आगामी वर्षहरूमा उत्तरबाहिनी कालीगण्डकी क्षेत्रको महत्त्व बढाउँदै लैजाने शालिग्रामको महत्त्वलाई विश्वव्यापी बनाउने, कालीगण्डकीलाई धार्मिक नदीका रूपमा परिचित बनाउने, तीर्थ सर्किटका रूपमा विकास गर्ने योजना बनाइएको छ। उत्तरबाहिनी क्षेत्रमा नदीमै, स्नान गृह, स्थायी ध्यान–साधना केन्द्र, धर्मशाला, गुरुकुलम, व्यवस्थित प्राकृतिक चिकित्सालय, सरसफाइ, बाटोघाटो र तीर्थयात्रीका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उत्तर गण्डकी महामेलाका सचिव कृष्ण प्रसाद रेग्मीले बताए।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अर्सेदी र मालुंगाको संगमस्थल कालीगण्डकी उत्तरबाहिनी क्षेत्रमा विश्वव्यापी रूपमा प्रचारप्रसार गर्न २०७२ सालदेखि निरन्तर काम गर्दै आएको छ। यस्ता धार्मिक आयोजनाहरूले उत्तरबाहिनी कालीगण्डकीलाई ‘नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न ठूलो मद्दत मिलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम