मुख्य समाचार
कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै
कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

: कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। अर्सेदी मालुंगा संगमस्थलम कालीगण्डकी नदी उत्तर दिशातर्फ बगेको लामो दूरी मानिन्छ। गण्डकीको उत्तरबाहिनी क्षेत्र प्रचारप्रसार तथा महत्त्व बुझाउन गण्डकीको किनारामा उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव गरिएको छ। हिन्दू धर्ममा उत्तरबाहिनी गण्डकीको विशेष महत्त्व रहेको छ।



उत्तरबाहिनी गण्डकीमा स्नान, श्राद्ध, तर्पण, ज्ञान महायज्ञ, दानजस्ता कार्यहरू निकै पवित्र मानिन्छ। उत्तरबाहिनी गण्डकीको महत्त्वको बारे देश विदेशमा प्रचारप्रसार गर्न कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र रम्भा गाउँपालिका–१ हुगी अर्सेदीको संगमस्थल कालीगण्डकीको तिरमा एक महिने उत्तर गण्डकी महामेला गरेको छ।


असोज २१ गतेदेखि कात्तिक १९ गतेसम्म भएको महामेला धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको छ। महामेलाले कालीगण्डकीलाई विश्वभरका श्रद्धालुका लागि आस्थाको केन्द्रका रूपमा परिचित गराएको छ। शालिग्रामको उत्पत्तिस्थल र भगवान विष्णुको प्रतीक माने जाने कालीगण्डकी नदीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्त्वलाई उजागर गर्दै उत्तरबाहिनी क्षेत्रमा धार्मिक पर्यटन विकासको नयाँ बाटो खोलेको महामेलामा सहभागी नारायण दास नागा (बुलेट बाबा)ले बताए।



संगमस्थलको विकास तथा प्रचारप्रसारका लागि आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णको नेतृत्वमा २०७२ साल देखी कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको माध्यमबाट पूर्वाधार निर्माणसँगै उत्तरबाहिनीको धार्मिक महत्त्वको विषयमा लुम्बिनी र गण्डकी प्रदेशसँगै जोडिएका पालिकाबाट विविध प्रकृतिका कामहरू हुँदै आएका छन्।

अहिले उत्तरबाहिनी क्षेत्रमा १०८ गंगा धारा बाट नुहाउने, १०८ पिपल तथा शिवलिंग पूजा, प्राकृतिक उपचार केन्द्र, गुरुकुलम जस्ता पूर्वाधार निर्माण गरी सञ्चालनमा आएका छन्। हिन्दू धर्मशास्त्र अनुसार, कालीगण्डकी नदीमा स्नान र भगवानको दर्शन गर्नाले पापकर्म नाश हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ। कालीगण्डकीको अर्सेदी मालुंगा संगमस्थल उत्तरबाहिनी क्षेत्रमा मार्कण्डेय ऋषिले तपस्या गरेको र शिवको महालिंग भएकाले उत्तरबाहिनीको अझ बढी महत्त्व बढेको छ। कालीगण्डकीको किनारमा पाइने शालिग्राम पत्थरहरूलाई भगवान विष्णुको प्रत्यक्ष स्वरूपमा पुज्ने परम्परा रहेको पाइन्छ।

महामेलामा पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ लगायतका क्षेत्रका साथै भारत र नेपालका विभिन्न तीर्थस्थलका धर्मगुरु, साधु–सन्त, वैदिक आचार्य र ३ लाख बढी भक्तजनहरूको सहभागिताले उत्तरबाहिनी गण्डकीको महत्त्व बढेको छ। धार्मिक महोत्सवमा २ करोड रुपैयाँभन्दा आर्थिक संकलन भएको छ।

धार्मिक महामेलामा सहभागी धर्मगुरु साधु सन्त तथा आचार्यहरूले उत्तर गण्डकी क्षेत्रलाई ‘आध्यात्मिक ज्ञानको पवित्र भूमि’का रूपमा विश्वव्यापी रूपमा फैलाउनु पर्नेमा जोड दिए। महामेलामा १०८ गंगा जल बाट नुहाउने व्यवस्था, दैनिक पूजापाठ, ध्यान साधना, वैदिक अनुष्ठान, सवा लाख शालिग्राम पूजा, १०८ शिवलिंग पूजा, गंगा आरती, प्रवचन, विश्वकै ठूलो शंखको अवलोकन तथा विशाल शिव मूर्ति दर्शन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन भए। धार्मिक महामेलाले धार्मिक पर्यटनमार्फत गाउँस्तरमै रोजगारी र आम्दानीको नयाँ सम्भावना बढ्दै गएको देखिन्छ।

आगामी वर्षहरूमा उत्तरबाहिनी कालीगण्डकी क्षेत्रको महत्त्व बढाउँदै लैजाने शालिग्रामको महत्त्वलाई विश्वव्यापी बनाउने, कालीगण्डकीलाई धार्मिक नदीका रूपमा परिचित बनाउने, तीर्थ सर्किटका रूपमा विकास गर्ने योजना बनाइएको छ। उत्तरबाहिनी क्षेत्रमा नदीमै, स्नान गृह, स्थायी ध्यान–साधना केन्द्र, धर्मशाला, गुरुकुलम, व्यवस्थित प्राकृतिक चिकित्सालय, सरसफाइ, बाटोघाटो र तीर्थयात्रीका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उत्तर गण्डकी महामेलाका सचिव कृष्ण प्रसाद रेग्मीले बताए।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अर्सेदी र मालुंगाको संगमस्थल कालीगण्डकी उत्तरबाहिनी क्षेत्रमा विश्वव्यापी रूपमा प्रचारप्रसार गर्न २०७२ सालदेखि निरन्तर काम गर्दै आएको छ। यस्ता धार्मिक आयोजनाहरूले उत्तरबाहिनी कालीगण्डकीलाई ‘नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न ठूलो मद्दत मिलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...