मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना

: अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना दिएका छन्। नेपाल फुटबल खेलाडी संघले खेलाडीको खेल्ने अधिकारमाथि एन्फाले बन्देज लगाएको भन्दै प्रदर्शन गरेको हो।

राष्ट्रिय टिमका अन्जन विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्द जस्ता खेलाडी पनि प्रदर्शनमा रहेका छन्। एन्फा र ʻएʼ डिभिजन क्लबहरुबीच अर्को वर्षमात्रै ʻएʼ डिभिजन लिग हुने भन्दा खेलाडी र फुटबलसँग सम्बन्धित व्यक्तिहरुले एन्फा कार्यालय अगाडि धर्ना दिएका हुन्।


फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहित अन्य पदाधिकारी, खेलाडी, समर्थकले एन्फाको ʻएʼ डिभिजन लिग अर्को वर्षमात्रै गर्ने भन्ने निर्णयमा असहमतिसहित धर्ना दिएका हुन्। स्रोतका अनुसार एन्फा कार्यालयभित्र पदाधिकारी नरहेको बताइएको छ। हाल एन्फा कार्यालयको गेट अगाडि धर्ना बसिरहेका छन्।

खेलाडी संघले यही विषयमा बुधबार नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्तालाई ज्ञापनपत्र बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...