मुख्य समाचार
अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न
अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न

— अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न भएको छ ।


न्यूयोर्क सहरको मेयरमा जोहरान मम्दानी निर्वाचित भएलगत्तै यो घटना भएको हो । यहुदी स्कुलको भित्तामा जर्मन तानाशाहा हिटलरको चिह्न स्वस्तिक बनाइएको छ ।

यस घटनामा मम्दानीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । न्यूयोर्क पोस्टका अनुसार म्याडाउनल्ड एभेन्युस्थित म्यागन डेभिड येशिवाको झ्याल र भित्ताहरुमा रातो रंगले स्वस्तिक चिह्न बनाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हिटलरले दोस्रो विश्वयुद्धका क्रममा करिब ६० लाख यहुदीहरुको नरसंहार गरेका थिए । ममदानी निर्वाचित भएलगत्तै यहुदीविरोधी तत्वहरुले उक्त चिह्न स्कुलमा बनाएपछि स्थानीय आक्रोशित बनेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार ममदानीले यस घटनामा कडा प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘यो निकै घृणित र मन दुखाउने यहुदी विरोधी कार्य हो । र हामी हाम्रो सुन्दर सहरमा यस्ता कुनै प्रकारका क्रियाकलापलाई स्थान दिनेछैनौं ।’


उनले अघि भनेका छन्, ‘मेयरका रुपमा म सधैं यहुदी समुदायको पक्षमा सशक्त रुपमा उभिनेछु । सहरमा यस्ता प्रकारका घृणालाई पूरै तरिकाले अन्त्य गरिनेछ ।’ प्रहरीले यस घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।

स्कुलको सीसीटिभी क्यामेरामा एक संदिग्ध व्यक्ति देखिएका छन् । कालो कपडा लगाएर साइकलमा आएका ती व्यक्तिले इशिवाको भित्तामा चढेर उक्त चिह्न बनाएका थिए । गभर्नर क्याथी होचुलले यस्तो गतिविधिलाई आतंकवादको कार्य भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार भएको छ । मेक्सिकी सहरमा नागरिकहरुसँग कुराकानी गरिरहेका बेला भीडबाट आएका एक पुरुषले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । राष्ट्रपति शेनबाउमले ती पुरुषविरुद्ध मुद्दा दायर गरेकी छिन् । मादक पदार्थ सेवन गरी आफूलाई दुर्व्यवहार गरेको घटनामा मुद्दा दायर गर्दै उनले यस घटनालाई ‘सबै महिलामाथिको आक्रमण’ भनेकी ...
— अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन् । बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो ...
: फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो। यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ। कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। अधिकारीहरूले अन्य ७५ जना ...
: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिएका छन्। 'जोहरान ममदानी, न्यूयोर्कको मेयर बनेकोमा बधाई छ। राम्रो, न्यायपूर्ण र पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने तपाईंको अभियानको जोश र उत्साहलाई प्रयोग गर्न म तपाईंलाई शुभकामना दिन्छु,' क्लिन्टनले भने । क्लिन्टनकी श्रीमती तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई ...