मुख्य समाचार
अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न
अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न

— अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न भएको छ ।


न्यूयोर्क सहरको मेयरमा जोहरान मम्दानी निर्वाचित भएलगत्तै यो घटना भएको हो । यहुदी स्कुलको भित्तामा जर्मन तानाशाहा हिटलरको चिह्न स्वस्तिक बनाइएको छ ।

यस घटनामा मम्दानीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । न्यूयोर्क पोस्टका अनुसार म्याडाउनल्ड एभेन्युस्थित म्यागन डेभिड येशिवाको झ्याल र भित्ताहरुमा रातो रंगले स्वस्तिक चिह्न बनाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हिटलरले दोस्रो विश्वयुद्धका क्रममा करिब ६० लाख यहुदीहरुको नरसंहार गरेका थिए । ममदानी निर्वाचित भएलगत्तै यहुदीविरोधी तत्वहरुले उक्त चिह्न स्कुलमा बनाएपछि स्थानीय आक्रोशित बनेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार ममदानीले यस घटनामा कडा प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘यो निकै घृणित र मन दुखाउने यहुदी विरोधी कार्य हो । र हामी हाम्रो सुन्दर सहरमा यस्ता कुनै प्रकारका क्रियाकलापलाई स्थान दिनेछैनौं ।’


उनले अघि भनेका छन्, ‘मेयरका रुपमा म सधैं यहुदी समुदायको पक्षमा सशक्त रुपमा उभिनेछु । सहरमा यस्ता प्रकारका घृणालाई पूरै तरिकाले अन्त्य गरिनेछ ।’ प्रहरीले यस घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।

स्कुलको सीसीटिभी क्यामेरामा एक संदिग्ध व्यक्ति देखिएका छन् । कालो कपडा लगाएर साइकलमा आएका ती व्यक्तिले इशिवाको भित्तामा चढेर उक्त चिह्न बनाएका थिए । गभर्नर क्याथी होचुलले यस्तो गतिविधिलाई आतंकवादको कार्य भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम