— बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोडमा संलग्न दुई जना पक्राउ परेका छन्।
प्रहरीले जेन-जी आन्दोलनका बेला मेयर अधिकारीको घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।
बुधबार प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले हाल बुढानीलकण्ठ नगरपालिका-१० गैरीगाउँ बस्दै आएका इलामको माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका-२ की २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो।