मुख्य समाचार
ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी
ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्।



फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो विरुद्धमा।' 'उनीहरूले मलाई राम्रो व्यवहार गर्नुपर्छ किनभने म धेरै कुराहरू अनुमोदन गर्ने जिम्मेवारी बोकेको छु। तिनीहरूले नराम्रो सुरुवात गरेका छन्,' उनले भने।


न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले ट्रम्पलाई उल्लेख गर्दै भनेका थिए, "उनलाई सफल बनाउन सक्ने मानिसहरूले उनलाई हराउन पनि सक्छन्।'



चुनावअघि ट्रम्पले यदि ममदानी मेयर बने भने उनलाई न्यूयोर्कलाई आर्थिक सहयोग गर्न गाह्रो हुने अभिव्यक्ति दिएका थिए। ट्रम्पले ममदानीलाई मत नदिन समेत अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो। यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ। कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। अधिकारीहरूले अन्य ७५ जना ...
: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिएका छन्। 'जोहरान ममदानी, न्यूयोर्कको मेयर बनेकोमा बधाई छ। राम्रो, न्यायपूर्ण र पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने तपाईंको अभियानको जोश र उत्साहलाई प्रयोग गर्न म तपाईंलाई शुभकामना दिन्छु,' क्लिन्टनले भने । क्लिन्टनकी श्रीमती तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई ...
मेयर बनेपछि ट्रम्पमाथि ममदानीको टिप्पणी - जसले तपाईंलाई सफल बनाउँछ, उसले हराउन पनि सक्छ
: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना ...
: अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि ...