मुख्य समाचार
अन्तिम खेलमा यूएईसँग पराजित हुँदा लिग २ मा नेपालको जितविहीन शृङ्खला
अन्तिम खेलमा यूएईसँग पराजित हुँदा लिग २ मा नेपालको जितविहीन शृङ्खला

: आइसीसी विश्वकप लिग २ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ।



दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो। नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै २४३ रनसहित लक्ष्य पूरा गरेको हो।


यूएईका लागि चौथो विकेटका लागि मोहम्मद वसिम र मुहम्मद सहदादले १४७ रनको सतकीय साझेदारी गर्दै यूएईको लागि जितको आधार बनाएका थिए।



यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ९६ रनको पारी खेले। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
ओपनर तथा कप्तान अलिशान सराफू १८ रनमा पेभेलियन फर्किदा मुहम्मद सहदादले क्रिज सम्हाल्दै यूएईको लागि उत्कृष्ट पारी खेले। उनलाई साथि दिएका मोहम्मद वसिमले ७३ बलमा ४ चौका र ३ छक्कासहित ७६ रन बनाए। जहिद अलि ५ र ध्रुव परासर २ रनमा अविजित रहे।

नेपालका लागि करण केसीले ३ विकेट लिँदा, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे।

ओपनर कुशल भुर्तेल १.५ ओभरमा २ रनमा विकेट किपरको हातमा क्याच हुँदा नेपालका लागि भीम सार्की र आसिफ शेखले निकै सम्हालिएर खेलेका थिए। यी दुई ब्याटरले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। १७.४ ओभरमा आसिफ शेख ३४ रन बनाउँदै रन आउट भए। यसपछि भने नेपालले ब्याटिङको मोमेन्टम खलबलिएको थियो।

चौथो क्रममा आएका कप्तान रोहित पौडेल २ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि पाँचौँ विकेटको लागि दीपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग ४९ रनको साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाउँदै रनआउट भए।

आरिफ शेखले ३० रन बनाए। कुशल मल्लले आवश्यक परेको बेला टिमलाई एक इन्डबाट सम्हाल्दै ४५ रन बनाए। उनले नवौं विकेटको लागि सन्दीप लामिछानेसँग ४२ रनको साझेदारी गर्दै ४९.५ ओभरमा बोल्ड भए। अन्तिम विकेटको रूपमा क्रिजमा आएका ललित राजवंशीले अन्तिम बलमा चौका हान्दै अविजित रहे। उनीसँगै सन्दीप लामिछाने १५ रनमा अविजित रहे।

यूएईका लागि बलिङतर्फ जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए। जाहिद अलिले १ विकेट लिए।

नेपालले यस अघिको लगातार ३ खेल हारेको थियो। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा यूएईसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...