मुख्य समाचार
नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन
नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन

: नेपाली खेलकुदमा हालः सबैभन्दा चर्चामा रहेको खेल हो, क्रिकेट। गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासीफीक क्षेत्र छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन।



प्रशिक्षक स्टुर्अट लले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि नेपालले आइसीसी विश्वकप लिग २ को पहिलो शृंखलामा राम्रो खेलेको थियो। उनको आगमनपश्चात् नेपाली क्रिकेटले केही महिनामै २ राम्रो उपलब्धि दियो। वेष्ट इन्डिज सिरिजमा जित र विश्वकप छनोटमा उपाधि। उनले ‘मलाई हार्न मन पर्दैन’ भन्थे। तर, लिग २ को यो शृंखला भने उनको भनाइ विपरीत भयो।


टी-२० विश्वकप छनोटको खेलमा अपराजित रहँदै नेपालले आइसीसीको एक ऐतिहासिक उपाधि जितेको थियो। उक्त प्रदर्शनपछि नेपाल एकदिवसीय क्रिकेट फर्म्याटको लिग २ को शृंखला खेल्न युएई पुग्यो। युएईको वातावरणमा नेपाली टिमले वेष्ट इन्डिजसँगको सिरिज जितेको थियो। भलै, मैदान र पिच भने लिग २ को खेलका लागि फरक थिए। तर, नेपाली खेलाडी लामो समयदेखि क्रिकेटमा नै व्यस्त थिए। यसको आधारमा हेर्ने हो भने, युएईमा भएको यो शृंखलामा नेपालले एक खेल पनि जित्न नसक्नु कहीँ न काँही चिन्ताको विषय हो। यसले एकदिवसीय मान्यता तथा यसको भविष्यको बारेमा प्रश्नचिन्ह छोडेको छ।



लिग २ को हालको तालिकामा ८ टिममा नेपाल सातौं स्थानमा छ। २० खेल खेल्दै नेपालले ५ जित, १३ हार र २ बराबरीसहित १२ अंक जोडेको छ। यो शृंखलाबाट कम्तीमा २ खेल जितेको खण्डमा नेपाललाई आगामी सिरिज खेल्न सहज हुने थियो। तर, नतिजा अपेक्षाकृत भएन।

नेपाल लगातारको हार्नुको कारण?
नेपाली टिम लिग २ अगाडि निकै उत्कृष्ट फर्ममा थियो। जित निकाल्दा राम्रो देखिनु र हार्दा टिममा खोट निकाल्नु भन्दा पनि नेपाली टोलीको पछिल्लो समय एकदिवसीय फर्म्याटमा देखाउन नसकेको एकरुपता हो। ब्याटिङ चलेको खेलमा बलिङ चल्दैन, बलिङ चल्दा ब्याटिङमा समस्या देखिन्छ। तर, नेपालको हालको चासो भने ब्याटिङमा नै छ। नेपालको पछिल्लो ४ खेलको तथ्यांक हेर्ने हो भने शीर्ष ४ मा ब्याटिङ गर्ने खेलाडीले सोचे अनुरुपको प्रदर्शन दिन सकेका छनैन्।

कप्तान रोहित पौडेलले युएईमा भएको शृंखलाको दोस्रो खेलमा घरेलु टोलीविरुद्ध शतक प्रहार गरे। त्यसबाहेक आसिफ शेखले ३ खेलमा दोहोरो अंक बनाए। अर्का ओपनर कुशल भुर्तेलले १ खेलमा मात्रै दोहोरो अंक बनाउँदै पेभेलियन फर्किएका थिए। भीम सार्की ३ खेलमा सम्हालिएर खेल्न खोजे, तर इनिङ्स लामो भने लैजान सकेनन्।

नेपालको मध्य क्रमको ब्याटिङमा एकदिवसीय क्रिकेटको खम्बा भनेर चिनिने आरिफ शेखको ब्याटले यसपटक आफ्नो पहिचान बनाएन। गुल्सन झा उदीयमान प्रतिभा र आशलाग्दो खेलाडीको रुपमा हेरिन्थे। उनले ३ खेलमा खासै फरक नपार्दा चौथो तथा अन्तिम खेलमा ‘ड्रप’ भए। कुशल मल्लले लिग २ को युएई शृंखलामा अन्तिम खेलमा मौका पाए। उनले ४५ रन बनाए। एकतर्फबाट विकेट जाँदा उनले सानो साझेदारी बनाउने कोसिस गरे। अन्तिम खेलमा २०० को आँकडा पुर्‍याउन उनले सम्हालिएको पारी खेले। सातौं ब्याटरको रूपमा क्रिजमा आएका कुशलले एकदिवसीय क्रिकेटमा पाएको एकमात्र खेलमा प्रदर्शन पनि गरे।

टी-२० फर्म्याटमा राम्रो खेल्ने दीपेन्द्र सिंह ऐरीले यस सिरिजको अमेरिकासँगको दोस्रो खेलमा नेपालको ब्याटिङ राम्रै सम्हाले। उनले ७५ रन बनाएका थिए। उनले ४ खेलमा नै ब्याटिङबाट मध्यम प्रदर्शन गरे। करण केसीले अमेरिकासँगको खेलमा ४९ रनको स्वार्थविहीन रन बनाउँदै नेपाललाई २७१ रन बनाउन मद्धत गरे। यो एकमात्र खेल थियो, जसमा नेपालले २५० माथिको रन बनाएको थियो।

नेपालको फिल्डिङमा समस्या
फर्म्याट परिवर्तन भएसँगै यसमा खेल्ने तौरतरिका पनि फरक हुन्छन्। तर, कौशल र सिप भन्ने चिज खेलाडीको गहना हो। लामो समय क्रिकेटको अनुभव लिएका खेलाडीले टी-२० बाट एकदिवसीयको मोमेन्टममा छिटो सिफ्ट हुन सक्नुपर्छ। नेपालको टी-२० र एकदिवसीयको फरक टिम संरचना छैन। तर, केही खेलाडी भने परिवर्तन भए। नेपालले टी-२० विश्वकप छनोटको टिमबाट लोकेश बम, सन्दीप जोरा र आदिल आलमलाई बाहिर राख्दै भीम सार्की, अनिल शाह र शाहब आलमलाई लिग २ को टिममा समावेश गरेको थियो। जसमध्ये भीमले चारै खेल खेले भने अनिल र साहबले भने एक खेलमा पनि आफ्नो प्रदर्शन देखाउन पाएनन्। लिग २ को युएईमा सकिएको शृंखलामा ललित राजवंशी अघिल्ला तीन खेलमा विकेटविहीन थिए। अन्तिम खेलमा युएईसँग एक विकेट लिएका ललितको प्रतिस्थापन सायद शाहब आलम हुन सक्थे। उनले एक खेलमा पनि मौका पाएनन्। त्यस्तै मध्यक्रममा भीम अथवा आरिफको स्थानमा अनिल शाहले मौका बनाउन सक्थे। तर, यी दुवै खेलाडीको परीक्षण नै भएन।

टी-२० विश्वकप छनोटको खेलहरूमा एक यस्तो भाष्य बनिसकेको थियो, जहाँ नेपालले पहिले ब्याटिङ गरेर जतिसुकै रन बोर्डमा बनाए पनि त्यो बलिङ र फिल्डिङको माध्यमबाट जोगाउँछ र जित्छ भन्ने आशा पलाएको थियो। नेपालको फिल्डिङको प्रशंसा निकै भयो। नेपालका बलरहरूले पनि टी-२० फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरे। तर, त्यो प्रतियोगितामा पनि नेपालको समग्रमा ब्याटिङले भने लोभ्याएको होइन।

केही लामो फर्म्याटको खेल भएका कारण नेपाली ब्याटरहरूले केही सम्हालिएर संयमताका साथ खेल्नुपर्ने थियो। नेपालको बलिङ प्रदर्शनले यो शृंखलामा आफ्नो दबदबा छोड्न सकेन। नेपालका स्पिनर सन्दीप लामिछानेले हरेक खेलमा विकेट लिए। उनको प्रदर्शन मा सायदै प्रश्न उठ्ला! करण केसी केही हदसम्म सफल रहे। फास्ट बलिङमा नन्दन यादवले पनि केही सम्भावना देखाए। उनीसँग त्यति लामो एकदिवसीय अन्तर्राष्ट्रिय फर्म्याटको अनुभव छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...