मुख्य समाचार
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिए
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिए

: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिएका छन्। 'जोहरान ममदानी, न्यूयोर्कको मेयर बनेकोमा बधाई छ। राम्रो, न्यायपूर्ण र पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने तपाईंको अभियानको जोश र उत्साहलाई प्रयोग गर्न म तपाईंलाई शुभकामना दिन्छु,' क्लिन्टनले भने ।



क्लिन्टनकी श्रीमती तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई दिएकी छिन्। 'यस वर्ष न्यूयोर्क शहरको चुनावमा विगत ५० वर्षको तुलनामा धेरै मानिसहरूले मतदान गरे। यो लोकतन्त्रको विजय हो र जोहरान ममदानीको प्रेरणादायी अभियानको प्रमाण हो। विश्वको सबैभन्दा ठूलो शहरको अर्को मेयरलाई बधाई छ,' उनले लेखेकी छन्।


सीबीएसका अनुसार ३४ वर्षीया ममदानी न्यूयोर्कको सबैभन्दा कान्छी र पहिलो मुस्लिम तथा दक्षिण एसियाली मेयर बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...
। बेलायती राजनीतिका ‘राजनीतिक फिक्सर’ मानिने लर्ड पिटर मन्डेल्सनले अन्ततः लेबर पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्। अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी कागजातहरूमा मन्डेल्सनको नाम र केही शंकास्पद भुक्तानीहरू फेला परेपछि उनले यो निर्णय लिएका हुन् । सन् २००३ र २००४ मा एपस्टाइनको बैंक खाताबाट मन्डेल्सन र उहाँका पार्टनरको खातामा तीन ...
। स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि यो संख्या बढेको हो । यो घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा खराब विपत्तिमध्ये एक मानिएको छ । ज्यान गुमाउनेहरू १४ देखि ३९ वर्ष उमेर समूहका छन्, जसमा अधिकांश ...
। इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् । इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था ...
। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो । नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र ...