मुख्य समाचार
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिए
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिए

: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिएका छन्। 'जोहरान ममदानी, न्यूयोर्कको मेयर बनेकोमा बधाई छ। राम्रो, न्यायपूर्ण र पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने तपाईंको अभियानको जोश र उत्साहलाई प्रयोग गर्न म तपाईंलाई शुभकामना दिन्छु,' क्लिन्टनले भने ।



क्लिन्टनकी श्रीमती तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई दिएकी छिन्। 'यस वर्ष न्यूयोर्क शहरको चुनावमा विगत ५० वर्षको तुलनामा धेरै मानिसहरूले मतदान गरे। यो लोकतन्त्रको विजय हो र जोहरान ममदानीको प्रेरणादायी अभियानको प्रमाण हो। विश्वको सबैभन्दा ठूलो शहरको अर्को मेयरलाई बधाई छ,' उनले लेखेकी छन्।


सीबीएसका अनुसार ३४ वर्षीया ममदानी न्यूयोर्कको सबैभन्दा कान्छी र पहिलो मुस्लिम तथा दक्षिण एसियाली मेयर बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मेयर बनेपछि ट्रम्पमाथि ममदानीको टिप्पणी - जसले तपाईंलाई सफल बनाउँछ, उसले हराउन पनि सक्छ
: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना ...
: अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि ...
: उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ। दक्षिण कोरियाली सांसदले मंगलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको जनाएका छन्। उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न हजारौं सेना पठाएका र यसको बदलामा मस्कोबाट ...
। पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् । इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो । अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ...