मुख्य समाचार
२९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचाले
२९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचाले

: २९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचालेको छ। भिक्टोरिया राज्यको मेलबर्नको फ्लेमिङटनमा मंगलबार भएको १६५औं अन्तर्राष्ट्रिय घोडा दौडको उपाधि जित्ने मेहलम पहिलो घोडसवार महिला हुन्। उनले आफ्नै घरेलु मैदान मेलबर्नमा अन्य २३ जना घोडसवारलाई उछिन्दै ऐतिहासिक सफलता प्राप्त गरेकी हुन्।



संसारलाई चकित तुल्याउँदै इतिहास रच्ने अस्ट्रेलियन महिला (जोकी )घोडसवार जेमीको नयाँ सफलताले उनलाई निकै भावुक तुल्याएको त थियो नै आफैं आश्र्चयचकित पनि भइन्। जितपछि मेहलमको पहिलो शब्द थियो, ‘के भयो अहिले ? ओ माई गड !) उनका लागि यो अपेक्षित सफलता थियो। किनभने उनले प्रतिस्पर्धामा उत्रनु अघि नै जित सुनिश्चित भएको दाबी गरेकी थिइन्। तै पनि मेहलम अत्यन्तै भावुक हुँदै जितको क्षणमा रोएकी थिइन्। तर, उनले जितको रहस्य र कारण पनि सुनाइन्। भनिन्, ‘हामी बिहान ४ बजे उठ्थ्यौं। र, निरन्तर मेहनत गथ्र्यौं। आज त्यसको फल पाएँ।’


अन्य घोडसवारहरूले पनि यी युवतीको सफलता चमत्कारिक रहेको टिप्पणी गरेको छन्। ८० हजारभन्दा धेरै दर्शक अगाडि तीव्र गतिमा कुदेको दृश्य सम्झिँदै २०१५ मा मेलबर्न कप जित्ने पहिलो महिला जोकी मिशेल पेनले प्रतिक्रिया दिँदै भनिन्, ‘यो सुन्दा मेरो छाला मुस्कुराउँदै उठ्यो...। जेमीले घोडा दौड क्षेत्रमा नयाँ आयाम थपिन्। म उनका लागि निकै उत्साहित छु।’



मेलबर्न कप चुमे सँगै जेमीका प्रशिक्षकहरूले पनि खुसी व्यक्त गरेका छन्। ‘हाम्रो लागि यो गर्वको क्षण हो...साँच्चै अद्भुत अनुभव हो।’ प्रशिक्षकहरूले भने।

तर, मेहलमले यो जित आफ्नो परिवार र सम्पूर्ण महिला जोकीहरूका लागि समर्पण गरेकी छन्। उनले आफ्ना दिवंगत बुबालाई सम्झँदै भनिन्, ‘उहाँ माथिबाट मेरो लागि बाटो खोल्दै हुनुहुन्थ्यो। जसका कारण जित हात पारे।’

जेमी १५ वर्षदेखि घोडा दौड क्षेत्रमा सक्रिय छन्। उनी महिला जोकीका लागि प्रेरणादायी व्यक्तित्व मानिन्छिन्। मेहलमले आफ्नो घोडी हाफ योरस् सवार हुँदै गरेको नयाँ इतिहासको रचनाले सन्सार भरका महिलाको पनि शिर उँचो तुल्याउने प्रेरण प्रदान गरेको छ।

मेलबर्न कपमा मेहलमको घोडी हाफ योरस्ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानको घोडी (गुडी टु सुज) र तेस्रो स्थानको मिडिल अर्थलाई पछि पार्‍यो। प्रसंशकहरूले उनको जीतलाई केवल व्यक्तिगत सफलता मात्र नभई अस्ट्रेलियाको घोडा दौड इतिहासमा महिला जोकीको क्षमताको प्रमाणका रूपमा लिएका छन्। कतिपयले त ‘सम्पूर्ण महिला जोकी र घोडा दौड प्रेमीहरूका लागि यो प्रेरणादायी सफलता हो’ पनि भनेका छन्। पेशेवार घोडसवार मेहलमले १५ वर्षको अथक मेहनतपछि फल प्राप्त गरेको बताएकी छन्।

‘यो वर्ष मेरो जीवनको अद्भुत वर्ष हो। मैले विवाह पनि गरेँ। दौडमा धेरै उत्कृष्ट दिन बिताएँ । तर, आजको अनुभवसँग कुनै क्षणको तुलना हुन सक्दैन’, उनले भनिन्। विश्वको ध्यान तान्ने मेहलमको सफलतामा उनका बुबा सधैं सहयोगी र ठूला समर्थक थिए। उनीले थपिन्, ‘यो जित आफ्नो परिवार र सबै महिला जोकीहरूका लागि समर्पित छ।’

मेहलमले मिशेल पेनपछि मेलबर्न कप जित्ने दोस्रो महिला जोकीको रूपमा नयाँ इतिहास लेखेकी हुन्। मेलबर्न कपमा दोस्रो स्थान वाने लर्डानले प्राप्त गरे। उनी गुडी टु सुज नामक घोडामा सवार थिए। तेस्रो स्थान इथान ब्रोनले हासिल गरे। उनी मिडिल अर्थ नामको घोडामा सवार थिए । मेलबर्न कप ३ हजार २०० मिटर दूरीको दौड हो। जुन विश्वमै प्रसिद्ध छ। दौडमा स्थानीयका साथै अन्तर्राष्ट्रिय घोडाहरू, प्रशिक्षकहरू,जोकीहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...