। चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ । उनको खाताको युजरनेम सर्च गर्दा इन्स्टाग्रामले ‘यो खाता अहिले उपलब्ध छैन’ भन्ने देखाउँछ ।
सिसनलाई इन्स्टामा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए ।
उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने संचालनमा छन् । इन्स्टाग्राम खाता किन गायब भयो भन्ने कुरामा सिसनले अहिलेसम्म सार्वजनिक जानकारी पनि दिएका छैनन् ।
उनले संचालनमा ल्याएको युट्युब च्यानल ‘प्याराडाइम टिभी’ विवादमा मुछिएको बेला बानियाँको इन्स्टाग्राम एकाउन्ट एकाएक गायब भएको हो ।
उक्त युट्युब च्यानलमा हालै अपलोड गरिएका केही भिडियोमा क्रिकेटर सन्दीप लामिछाने, गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीबारेका कुरालाई लिएर केही टिप्पणी गरिएका थिए ।
प्याराडाइम टिभी विवादमा तानिएपछि क्रिकेटर र गायिकाका प्रशंसक इन्स्टाग्राममा सिसनमाथि खनिएका थिए । यो सन्दर्भमा सिसनको इन्स्टा एकाउन्ट गायब हुनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।