मुख्य समाचार
पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट
पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट

। पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् ।

इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो ।

अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ग्यास सिलिण्डर पड्किएको अधिकारीहरूले बताएका छन् ।

इस्लामावाद प्रहरीका आईजी रिजवीले भने, ‘ क्यान्टिनमा धेरै दिनदेखि ग्यास चुहावट भइरहेको थियो, विस्फोटका बेला एसी मर्मत गरिरहेका प्राविधिकहरू त्यहीं भएर उनीहरू सबभन्दा धेरै घाइते भएका छन्, एक प्राविधिकको शरीरको ८० प्रतिशत भाग जलेको छ ।’

उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै आईजी रिजवीले ग्यास चुहावट र एसी प्रणालीको मर्मतबारे अदालत प्रशासनको ध्यानाकर्षण गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उत्तर कोरियाले गत सेप्टेम्बरदेखि यता करिब पाँच हजार सैनिक रूस पठाएको छ । दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच हजार निर्माण सेना रूस पठाइएको जानकारी दिएका हुन् । ‘पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भन्दै उत्तर कोरियाले निर्माण सैनिक रूस पठाएको उनले बताए । उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा ...
। जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् । जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्। उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र ...
। फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् । कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी गएको छ । बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सेबुमा सबैभन्दा ...
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...