मुख्य समाचार
हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा
हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा

। हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ ।

‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् ।

सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष जीवित पुरस्कारको ४० औं वार्षिकोत्सव मनाइँदैछ । अभिनेता बेली आफ्नो अन्तर्वार्ताको लागि बस्दै गर्दा, फालनले बेलीको दुई आवरण पनि सार्वजनिक गरे ।

एउटा आवरणमा उनी चट्टानी समुन्द्रमा बसिरहेको देखिएको छ । अर्कोमा उनी फ्लफी कुकुरलाई समातेर शर्टलेस देखाइएको छ ।

बेलीले सन् २०२५ को सुरुमा शेक्सपियरको “रिचर्ड द्धितीय“ को निर्माणको बेला आफूलाई सबैभन्दा कामुक पुरुष भनेर सुनेको बताएका छन् ।



सन् १९८५ देखि “पिपुल्स सेक्सीएस्ट म्यान अलाइभ“ फिचर प्रकाशन हुँदै आएको हो । जसमा पहिलो पटक यो उपाधिबाट सम्मानित हुने व्यक्ति मेल गिब्सन हुन् ।

सन् २०२४ का विजेता जोन क्रासिन्स्की थिए । हालैका अन्य विजेतामा प्याट्रिक डेम्प्सी, क्रिस इभान्स, पल रुड, माइकल बी. जोर्डन र जोन लेजेन्ड समावेश छन् ।

बेलीले हिट नेटफ्लिक्स श्रृंखला ‘ब्रिजरटन’ मा एन्थोनी, भिस्काउन्ट ब्रिजरटनको भूमिका निर्वाह गरेपछि अन्तर्राष्ट्रिय प्रसिद्धी प्राप्त गरे ।

बेलीलाई अभिनेत, कमेडी र संगीत विधामा उनको बहुमुखी प्रतिभाको लागि प्रशंसा गरिएको छ । साथै, उनी मनोरञ्जन उद्योगमा एक अग्रणी एलजीबीटीआईक्यू अभियन्ता मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...