मुख्य समाचार
नेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा
नेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति जनाएको छ।

जेनजी अभियन्ता रक्षा बमको नेतृत्वमा रहेको जेनजी फ्रन्टले मंगलबार विज्ञप्ति जारी गर्दै एन्फाको यो निर्णय नेपाली फुटबलको भविष्यमाथिको खुला हमला भएको र अधोगतिको प्रतीक भएको टिप्पणी गर्दै एन्फा नेतृत्वको राजीनामाको माग गरेको छ।

‘यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबल माथि गरेको भ्रष्टाचार हो’ सञ्चार समितिका यतिश ओझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको फुटबल लिग संरचना ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनको एक चक्रमा आधारित छ । यी लिगहरू नेपाली फुटबलका मेरुदण्ड हुन् । यी लिग खेलाडीका सपना हुन् र फुटबलप्रेमी नेपाली दर्शकको आत्मा हो । तर यसलाई वर्षोंसम्म रोक्ने एन्फाको यो निर्णयले हामी नेपाल जेन-जी फ्रन्ट सहित सम्पूर्ण खेलकुदप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ।’

फ्रन्टले समयमै लिग सञ्चालन गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र फुटबललाई कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न अनुरोध गरेको हो ।


यसअघि सोमबार एन्फा र ए डिभिजन क्लबबीच भएको छलफलपछि यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ए डिभिजन लिग सुरु गर्ने सहमति भएको थियो ।

यस निर्णयप्रति फुटबल खेलाडी एवम् समर्थकहरूबाट चर्को आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...