मुख्य समाचार
रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु विनासर्त एमाले फर्किने
रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु विनासर्त एमाले फर्किने

। नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट रहेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु विनासर्त एमाले फर्किने भएका छन् । उनीहरुले त्यसका लागि एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुलाई गोलबद्ध गरी एमाले फर्किन आह्वानका लागि बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।

बुधबार दिउँसो माओवादी र एकीकृत समाजवादी लगायतका दलको एकताको औपचारिक घोषणाका लागि राष्ट्रिय सम्मेलन हुँदैछ । त्यो सम्मेलन अघि नै झाँक्री लगायतका नेताहरुले एमालेमा जाने आह्वानसहितको घोषणा गर्नेछन् ।




‘हामी निसर्त एमालेमा फर्किनेहरूका लागि भोलि आफ्नै धारणा सार्वजनिक गर्छौं,’ निवर्तमान सांसद समेत रहेका नेता किसान श्रेष्ठले अनलाइनखबरसँग भने, ‘देशैभरका नेता कार्यकर्तालई गोलबद्ध गरेर हामी केही दिनपछि एमालेमा जान्छौं ।’

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेताहरु एमाले फर्किन लागेका छन् ।




नेता श्रेष्ठका अनुसार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नै पनि एमाले फर्किने सम्भावना छ । खनालले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

‘झलनाथ खनालको पनि कुरा भइरहेको छ । कुरा मिल्यो भने उहाँ सहित नै केही दिनमा हामी एमाले जानसक्छौं,’ श्रेष्ठले भने ।

एमाले अध्यक्ष ओली निकट पोलिटब्यूरो सदस्य महेश बस्नेतले ओलीले खनालबीच वार्ता भएको र वार्ता सकारात्मक रहेको उल्लेख गरेका छन् ।

झलनाथ खनाललाई साथ दिएका नेता घनश्याम भूसाल विप्लव, जनार्दन शर्मा लगायतका नेताहरुसँगको मोर्चाबन्दीमा जाने भएपछि खनाल एमालेमा जानेबारे छलफल गरेका हुन् । नेता श्रेष्ठले अध्यक्ष भइसकेको नेताले सम्मानजनक ठाउँ पाएको अवस्थामा उनकै नेतृत्वमा ठूलो समूह जानसक्ने बताए ।

अहिले एकीकृत समाजवादीमा असन्तुष्ट समूहमा रहेका राष्ट्रिय सभाका सांसद, प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको पद एमालेमा गए के हुन्छ भन्नेबारे पनि कानुनी परामर्श चलिरहेको नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक ...
। मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० ...
। नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद ...
। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए । ‘जो नेताको टाउकोमा तरवार छ, ...