मुख्य समाचार
गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताए
गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताए

। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । २२ भदौ अघि र हालको नेपाल एउटै नभएको थापाले बताए ।

महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाले गरे । राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यसपटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नुपरेको बताए ।




केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा महामन्त्री थापाले आन्दोलन कांग्रेस रहेको सरकारका विरुद्ध भएको बताए ।

‘हामी एकैपटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’




मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर नबसिरहेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ ।

थापाले पार्टी नेताहरूप्रति प्रश्न गर्दै भने, ‘जनता हामीलाई भोट दिऔं भनेर आतुर भएर बसेका छन् ? पार्टीका कमिटीहरू कुरेर बसेका छन् ?’

जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उनले बताए ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको उनले बताए ।

देशका लागि थप तीन विकल्प रहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘थप हिंसामा देश जाने, जे छ त्यस्तै रहने, अहिले मुखरित भएको जनभावनालाई समेटेर त्यसको नेतृत्व गर्ने सम्भावनाहरू रहेको छ ।’

आफूले नेतृत्व नगरेको कतिपय आन्दोलनको संस्थागत गर्ने नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गरे । थापाले थपे, ‘यो अनिश्चततालाई सम्हाल्छ कसले ? यो अवस्थामा कांग्रेसले म छु । हामी छौं, हामीले सम्हाल्छौं भन्नुपर्ने पनि होइन ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक ...
। मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० ...
। नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद ...
। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए । ‘जो नेताको टाउकोमा तरवार छ, ...