मुख्य समाचार
बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराए
बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराए

। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा दुवै गोल लुइस डियाजले गरे । उनले पहिलो हाफको चौथो मिनेटमै गोल गरेका थिए । ३२औं मिनेटमा अग्रता दोब्बर पारे ।


पहिलो हाफको इन्जुरी समयमा अचरफ हाकिमीमाथि खराब फाउल गरेपछि डियाजले रातो कार्ड पाएका थिए र बायर्न दोस्रो हाफका लागि १० खेलाडीमा सीमित भएको थियो ।

७४औं मिनेटमा जोआओ नेभेसले गोल फर्काएपनि पीएसजीले त्यसपछि गोल गर्न सकेन ।



जितपछि ४ खेलमा १२ अंक जोडेर अपराजित रहेको बायर्न च्याम्पियन्स लिग तालिकाको शीर्षस्थानमा छ । ९ अंक भएको पीएसजी तेस्रोमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...