मुख्य समाचार
बायर्न म्युनिखका लुइस डियाजले पेरिस सेन्ट–जर्मेन (पीएसजी)का डिफेन्डर अचरफ हाकिमीविरुद्ध खराब ट्याकल
बायर्न म्युनिखका लुइस डियाजले पेरिस सेन्ट–जर्मेन (पीएसजी)का डिफेन्डर अचरफ हाकिमीविरुद्ध खराब ट्याकल

। बायर्न म्युनिखका लुइस डियाजले पेरिस सेन्ट–जर्मेन (पीएसजी)का डिफेन्डर अचरफ हाकिमीविरुद्ध खराब ट्याकल गरेका छन् ।

पहिलो हाफको इन्जुरी समयमा भएको ट्याकलपछि मैदानमा लडेका हाकिमी पीडामा देखिएका थिए। त्यसपछि उनी अन्य खेलाडीको सहयोगमा रुँदै मैदानबाट बाहिरिएका थिए ।


डियाजलाई रेफ्रीले सुरुमा पहेंलो कार्ड देखाए पनि भीएआर समीक्षा पछि निर्णय परिवर्तन गर्दै रातो कार्ड दिएका हुन्। मोरोक्कोका कप्तान समेत रहेका हाकिमीलाई गम्भीर चोट लागेको आशंका गरिएको छ।

डियाजले खेलको पहिलो हाफमै बायर्नका लागि दुई गोल गरेका थिए, तर त्यसपछि फाउलका कारण ‘हिरोबाट भिलेन’ बने। रातो कार्ड पाएपछि उनले अब कम्तीमा एक खेलको प्रतिबन्ध भोग्नेछन्।

पीएसजीका लागि पनि मुख्य खेलाडी घाइते हुनुले ठूलो धक्का लागेको छ । त्यसैगरी अफ्रिका कप अफ नेशन्स २०२५ सुरु हुन केही हप्ता मात्रै बाँकी रहेको अवस्थामा मोरक्कोका लागि पनि खेल गुमाउने सम्भावना बढेको छ ।

यदि चोट गम्भीर भएमा हाकिमीले पीएसजी मात्र नभएर मोरोक्कोका लागि कप पनि खेल्न नपाउने सम्भावना छ।

बायर्न म्युनिखले च्याम्पियन्स लिगमा लगातार चार खेल जितेर शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...