मुख्य समाचार
जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित
जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित

। जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।

जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।

उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको नोभेम्बर ५ मा एक वर्ष पुग्दैछ। तर, त्यसको एक दिनअघि नोभेम्बर ४ मा (आज) उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा (लिटमस टेस्ट) भइरहेको छ ।

आज न्यूयोर्क शहरले आफ्नो नयाँ मेयरको चुनाव सुरु गरेको छ । साथै भर्जिनिया तथा न्यूजर्सी राज्यमा गभर्नर तथा विधानसभा चुनाव हुनेछन्।

को हुन् ममदानी ?

३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्‍यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो।

ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।’

कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए। सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे।

सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।

आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।

उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्‍याउने प्रस्ताव राखे।

अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।

तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो।

ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।

कसरी भयो चुनाव ?

न्युयोर्क सिटीमा र्‍याङ्क च्वाइस भोटिङ प्रणाली लागू छ। यसमा मतदाताले उम्मेदवारहरूलाई प्राथमिकताको क्रममा १, २, ३ भनेर क्रमबद्ध गर्न सक्छ।

यदि कुनै उम्मेदवारले पहिलो प्राथमिकतामा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सबैभन्दा कम मत पाउने उम्मेदवार बाहिरिन्छ, र उसका मत दोस्रो प्राथमिकताका आधारमा बाँडिन्छन्।

यो प्रक्रिया तबसम्म चल्छ जबसम्म कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउँदैन।

मतदानको १–२ दिनपछि प्रारम्भिक नतिजा आउँछ, तर अन्तिम परिणाम आउन झन्डै एक हप्ता लाग्छ, किनकि मेल–इन र अनुपस्थित मतपत्रहरूको गणना पछि हुन्छ।

राजनीतिक हलचल

न्युयोर्क सिटीलाई अमेरिकाको मुटु मानिन्छ। यहाँ मेयर बन्ने कुरा केवल शहर प्रमुख बन्नु मात्र होइन, अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पदमा पुग्नु हो।

यहाँको वार्षिक जीडीपी नै करिब २.३ ट्रिलियन डलर छ । मेयरको हातमा प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीको नियन्त्रण हुन्छ।

ममदानीले ६७ वर्षीय पूर्व गभर्नर एन्ड्रयू कूमोलाई पराजित गर्न सके । यौन उत्पीडनको आरोपका कारण ४ वर्षअघि राजीनामा दिएका कूमो निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडेका थिए । यद्यपि, उनलाई रिपब्लिकन र सेन्ट्रिस्ट (मध्यमार्गी) हरूको समर्थन छ।

रिपब्लिकन पार्टीका तर्फबाट कर्टिस सिल्वा उम्मेदवार रहे पनि ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको समर्थन नगरी कुमोको समर्थन गरेका थिए र ममदानीलाई भोट नदिन आग्रह गरे। उनले ममदानीलाई ‘कम्युनिस्ट‘ र ‘अनुभवहीन‘ भन्दै आरोप लगाएका छन् ।

ट्रम्पले ममदानीले चुनाव जिते न्युयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दोहोर्‍याएका थिए । उनको भनाइमा, ममदानी मेयर बने न्युयोर्कका लागि त्यो ‘संकट र विनाशले भरिएको‘ समय हुनेछ।

यो पृष्ठभूमिमा ममदानीको जितलाई एकप्रकारले ट्रम्पविरुद्धको जितको अर्थमा विश्लेषण गरिएको छ । किनकि वासिङ्गटनदेखि भर्जिनिया र न्यूयोर्कसम्म सबैको नजर यो चुनावमा अडिएको छ। यो चुनावले ट्रम्पको दोस्रो कार्यकाल जनताको अपेक्षामा खरो उत्रिएको छ वा छैन भन्ने निर्धारण गर्ने विश्लेषकहरूले बताउँदै आएका थिए ।

रिपब्लिकनहरू यसलाई नीतिगत सुदृढीकरणको प्रमाण मानिरहेका छन्, जबकि डेमोक्रेटहरू यसलाई ‘मिनी जनमत संग्रह भनिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम