मुख्य समाचार
लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित
लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित

। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लबहरुले सुखद नतिजा निकालेका छन् ।

लण्इंडन क्ग्लिलब आर्ससनलले च्याम्पियन्स लिगमा लगातार चौथो खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । यस्तै लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ ।

आर्सनलले स्लाभिया प्रागलाई ३-० ले पराजित गरेको हो । स्लाभियाको मैदानमा भएको खेलमा आर्सनलका लागि मिकेल मेरिनोले २ तथा बुकायो साकाले १ गोल गरे ।

जितपछि ४ खेलबाट १२ अंक जोडेर आर्सनल दोस्रो स्थानमा छ ।

लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियल गोलअन्तरका आधारमा लिभरपुलभन्दा माथि पाँचौं स्थानमा छ ।

यस्तै अर्को इंग्लिस क्लब टोटनहामले डेनिस क्लब कोपनहेगनलाई ४-० ले पराजित गरेको छ ।

यस्तै एट्लेटिको मड्रिडले युनियन सेन्ट गिलोसलाई ३-१ ले, मोनाकोले बोडोलाई १-० ले पराजित गर्दा नापोली र फ्रान्कफर्टले गोलरहित बराबरी खेले । ओलम्पियाकस र पीएसभीले १-१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...