मुख्य समाचार
पहिलो किस्ता बुझाए मात्रै उद्योगका लाइन जोडिने
पहिलो किस्ता बुझाए मात्रै उद्योगका लाइन जोडिने

: डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी बाटो अपनाउन सरकार तयार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विवादित विषयमा बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेपछि यसको समाधानको पहल सुरु भएको हो।



सोमबार भएको प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च सरकारी अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव आएको थियो।


छलफलमा भएको प्रस्तावअनुसार उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको सुविधा २८ किस्ताको एक किस्ताबराबरको रकम तिर्नुपर्ने छ। उक्त किस्ताबापतको रकम बुझाएपछि काटिएको लाइन जोडिने अर्थमन्त्री खनाल बताउँछन्।



तर, उक्त किस्तालाई किस्ताको रूपमा नभई विवादित रकम मानी धरौटीका रूपमा लिइनेछ। आफ्नो बक्यौतामा सन्तुष्ट नभएका उद्योगीहरू प्रशासकीय पुनरावेदनमा जान सक्नेछन्। ‘पुनरावेदनमा गएर घट्यो भने घट्यो घटेन भने पहिला तिरेको रकमलाई जफत नगरी त्यसलाई किस्तामा नै परिणत गरिने छ,’ अर्थममन्त्रीले बताए। उद्योगीहरूले चाहे २८ किस्ताको सुविधालाई बढाउन सकिने पनि सहमति भएको अर्थमन्त्रीले अन्नपूर्णलाई जानकारी दिए। पछिल्लो प्रस्तावअनुसार बक्यौतालाई मध्यमार्गी बाटोबाट उठाउन महासंघ अध्यक्ष चन्द्र ढकाललाई जिम्मेवारी दिएको बताइएको छ।

ढकालले आइतबार पनि प्रधानमन्त्री, अर्थमन्त्री लगायत सरकारी उच्च अधिकारीहरूसँग भेट गरी समस्याको समात्रानको पहल गरेका थिए। ढकालले सम्बन्धित उद्योगीहरूसँग पनि छलफल गरेका थिए। महासंघको सोमबारको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार उद्योगीहरूले महासंघ अध्यक्षसँग छलफल गर्दा किस्ता रकम नभनी विवादित रकमको धरौटीका रूपमा विद्युत् प्राधिकरणले स्वीकार गरी कानुनी उपचारको अवसर प्राप्त भए सहमति हुन सकिने बताएका थिए। अहिले २५ उद्योगको डेडिकेटेड र ट्रकलाइन प्रयोग गरेबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको छ।

प्राधिकरणले लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कात्तिक ४, २०८२ बाट बक्यौता धेरै भएको ६ ठूला उद्योगको लाइन काटेको हो। जसमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स छन्। त्यसपछि भाइटिकाको भोलिपल्ट १९ उद्योगको गरी कुल २५ उद्योगको लाइन काटेको छ। प्राधिकरणले विभिन्न समयमा बक्यौता तिर्न आलटाल गर्ने ५९ वटा कम्पनीमध्ये हाल २५ वटा कम्पनीहरूको विद्युत् लाइन काटेको छ।

यसरी लाइन काटिएका कम्पनीहरूको कुल बक्यौता रकम (सुरुवाती तथ्यांकअनुसार) ५ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। विद्युत्् प्राधिकरणका अनुसार उक्त बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी (टाइम अफ डे) शुल्कसँग सम्बन्धित रहेको छ। कुल ५९ उद्योगमा १० वटाले बक्यौता बुझाएका छन्। यी १० वटा कम्पनीबाट करिब ४ करोड ३० लाख रुपैयाँ असुली भएको छ।

बक्यौता असुली भइसकेका कम्पनीहरूमा मुख्यतयाः सूर्य नेपाल, नेपाल टेलिकम मस्याम, सीता फुड इन्डस्ट्रिज, सोना पोलिमर्स, सोना प्याकेजिङ, नवनेपाल प्लास्टिक इन्डस्ट्रिज, नेसनल रबर इन्डस्ट्रिज, जय दुर्गा प्लास्टिक इन्डस्ट्रिज, यशोदा फुट प्रालि र एजी हेल्थ इन्डस्ट्रिज रहेका छन्। यी उद्योग तुलनात्मक रूपमा सानोे बक्यौता भएका उद्योग हुन्।

यस्तै, ९ वटा प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गर्दै बक्यौता बुझाउन आएका छन्। यी ९ कम्पनीहरूको कुल तिर्न बाँकी रकम करिब ७९ करोड थियो। किस्ता बुझाउन सुरु गरेपछि उनीहरूले प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी रकम ७३ करोड ५३ लाख रुपैयाँ छ। किस्ताबन्दीमा आएका कम्पनीहरूमा शुभ श्री अग्नि सिमेन्ट, सर्वोत्तम, लक्ष्मी स्टिल, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट, श्री शुभ लक्ष्मी पोलिमर्स, अशोक स्टिल, हुलास स्टिल र हामा आइरन रहेका छन्। प्राधिकरणले किस्ताबन्दीमा आएर पहिला दुई÷तीन किस्ता बुझाएर पछि निरन्तर नभएका ६ र नयाँ ३ वटा गरी ९ वटा कम्पनीसँग अहिले किस्ताबन्दी निरन्तरता दिएको छ। प्राधिकरणका अनुसार ८ उद्योग भने अदालती प्रक्रियामा रहेका छन्। यस्तै, ८ वटा उद्योग अदालती प्रक्रियामा रहेका छन्।

प्राधिकरणले लाल आयोगको प्रतिवेदनको सुझावअनुसार नै लाइन काटेको जनाएको छ। तत्कालीन सरकारले २०८० पुसमा पूर्वन्याधिक गिरीशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले २०८१ वैशाखमा सरकारलाई प्रतिवेदन बुझायो। उक्त प्रतिवदेनले अहिलेलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ११ करोड रुपैयाँ बक्यौता उठाउन निर्देशन दिएको छ। प्राधिकरणद्वारा जारी श्वेतपत्रमा पनि उक्त समयको रकम उठाउन पहल गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल सरकारले मलेसियाबाट स्रोत देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड (अनिवार्य सर्त) स्वीकार गरी कार्यन्वयन गर्न नसिकने भन्दै मंगलबार कुटनीतिक पत्र पठाएको छ । मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो ...
: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने उल्लेख गरेका हुन्। उनले कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न नमिल्ने बताए। उनले अधिवेशन ...
— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोस्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् । 'आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ,' उनले ...
: नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्। ‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा ...
— माओवादी महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एसलगायत दलसँग पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरेको छ । संयोजक पुष्पकमल दाहालले एकतासम्बन्धी पेस गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो । ‘एकतासम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ,’ प्रज्ञा प्रतिष्ठामा आयोजित बैठकमा सहभागी एक नेताले भने, ‘संयोजकले पार्टी एकताका लागि पूर्व एमाले नेता भीम रावलसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो ...