मुख्य समाचार
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलहरू पुनः सञ्चालन हुने
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलहरू पुनः सञ्चालन हुने

: एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलहरू पुनः सञ्चालन हुने भएको छ। कात्तिक २६ गते देखि २९ गतेसम्म बाँकी रहेको ७ खेल काठमाडौंमा हुने आयोजक इन्फिनीटी ड्रिम्सले जानकारी दिएको छ।

मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै खेलको संधोधित तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ।


१६ मध्ये ९ खेल पोखरा कर्भड हलमा भएको थियो। भदौ २३ र २४ मा भएको देशव्यापी जेन्जी आन्दोलन पश्चात लिग पुन: सञ्चालन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तान र बंगलादेशविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली भएको छ । यू-१९ टोलीका कप्तान ओलिभर पिक पहिलोपटक टोलीमा समावेश भएका छन् । उनी घरेलु क्रिकेटमा सीमित अनुभव भए पनि प्रतिभाका आधारमा राष्ट्रिय टोलीमा बोलाइएका हुन् । नियमित कप्तान प्याट कमिन्स, जोश हेजलउड र मिचेल स्टार्कलाई यस भ्रमणमा विश्राम दिइएको छ । भारतमा भइरहेको इन्डियन ...
। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए । विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ...
। बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो । बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल ...
। आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधितर्फ थप एक कदम अघि बढाएको छ । लन्डन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८३औं मिनेटसम्म गोल हुन सकेको थिएन । त्यसपछि लिएन्ड्रो ट्रोसार्डले गरेको प्रहार विपक्षी खेलाडी टोमास सोसेकलाई ...
: भारतको गोवामा आगामी जेठ ११ गतेबाट आठौं साफ महिला च्याम्पियनसिप सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाली टोलीले भाग लिन पाउने कि नपाउने भन्ने विषय नै हाल सर्वाधिक चर्चामा छ । नेपाली महिला फुष्टबल टोली हाल यहि प्रतियोगिताको लागि गत हप्ताबाट प्रशिक्षणमा रहेको छ । ६ पटकको उपविजेता नेपाली महिला फुटबल टोलीले यस पटक प्रतियोगिता ...