मुख्य समाचार
जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले प्रदर्शन
जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले प्रदर्शन

— जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका हुन् ।


नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने माग गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका छन् ।

श्रमशोषणमा परेको भन्दै उनीहरूले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको तलबअनुसार पाउनुपर्ने, स्वास्थ्यकर्मीको परिवारजनको निःशुल्क स्वास्थ्य उपचार, स्वास्थ्यकर्मीको सुरक्षा र बिमाको व्यवस्थासहित सात बुँदे माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन् ।

मन्त्रालयबाट पटक–पटक सूचना जारी हुँदासमेत निजी अस्पतालहरूले कार्यान्वयन नगरेको स्वास्थ्यकर्मी रामविनय ठाकुरले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नउठाइएकाले बाध्य भएर सडकमा उत्रिएर आन्दोलन गर्नुपरेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी बाटो अपनाउन सरकार तयार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विवादित विषयमा बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेपछि यसको समाधानको पहल सुरु भएको हो। सोमबार भएको प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च सरकारी अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव आएको थियो। छलफलमा ...
— नेपाल सरकारले मलेसियाबाट स्रोत देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड (अनिवार्य सर्त) स्वीकार गरी कार्यन्वयन गर्न नसिकने भन्दै मंगलबार कुटनीतिक पत्र पठाएको छ । मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो ...
: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने उल्लेख गरेका हुन्। उनले कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न नमिल्ने बताए। उनले अधिवेशन ...
— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोस्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् । 'आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ,' उनले ...
: नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्। ‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा ...