: जनार्दन शर्माले नेकपा माओवादी केन्द्रबाट अलग हुने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर नेता शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका हुन्। 
नेता शर्माले यो अभियान कुनै पार्टी नभएर, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको बताए। 
नेता शर्माले जारी गरेको विज्ञप्तिमा माओवादी नेतृत्वले नीतिहीनतालाई नै नीति बनाएको आरोप लगाएका छन्। क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गएको र अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने अपरिहार्यता रहेको उनको भनाइ छ।