मुख्य समाचार
जनार्दन शर्माले पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप
जनार्दन शर्माले पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप

: जनार्दन शर्माले पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। प्रगतिशील अभियान नेपालको घोषणा गर्दै नेता शर्माले आफूहरूलाई त्यो कुरा स्वीकार्य नभएको बताए



उनले महाधिवेशन गर्न छोडेर प्रचण्डले एकताको नाटक गरेको बताए। 'माओवादी आयोजक समितिको रूपमा रहेको थियो। तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो। आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो। तर, महाधिवेशन टार्नलाई एकताको नाटक गरियो,' उनले भने।


प्रचण्डले आफ्नो स्वार्थ केन्द्रित समूहलाई वरिपरि राखेर पार्टीलाई बर्बाद बनाएको उनको आरोप छ। पार्टी एकताले देशलाई निकास नदिने ठोकुवा पनि उनले गरे। 'यो एकताले देशलाई न निकास दिन्छ, न जनताको समर्थन प्राप्त गर्नेछ। पार्टी एकताको नाममा अहिल्यै भद्रगोल सुरू भइसक्यो। हजारौंका समिति बनिरहेका छन्। त्यसले विधिहीनताको सुरुवात गर्नेछ,' उनले भने।




उनले आफूहरू फेरि अध्यक्ष वा उपाध्यक्ष बन्न नआएको बरु नयाँ पुस्तालाई अगाडि सारेर अभिभावकको जिम्मेवारीमा रहने बताए। 'हामी फेरि अध्यक्ष वा उपाध्यक्ष हुन यो गरेको होइन। नयाँ पुस्तालाई अगाडि सारेर हामीले हासिल गरेका राजनीतिक अनुभवका आधारमा उहाँहरूलाई अगाडि बढाउन चाहन्छौं,' उनले भने।

उनले नयाँ अभियानमा सबै वर्ग, जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए। शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने उनको प्रतिवद्धता थियो। 'एकताका नाममा आम जनतालाई भ्रमित पार्न र घृणा फैलाउने काम भएको छ। समर्थक र कार्यकर्तालाई दुरुपयोग गरिएको छ। त्यसमा हाम्रो पनि केही गल्ती कमजोरी छन्। त्यसमा हामी क्षमा चाहन्छौं। त्यसलाई सच्याउँदै नयाँ अभियानमार्फत त्यस संकल्पलाई पूरा गर्न चाहन्छौं। नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहन्छौं। भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा हामी सरिक हुन्छौं। यदि हामी भेटिए त्यसको भागिदार बन्न पनि तयार छौं। अब सामान्य सुधारबाट सम्भव छैन,' उनले भने।

उनले आफूहरू गालीगलौजको संस्कारबाट अलग रहने बताए। अग्रजहरूको राजनीतिबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको उनको भनाइ छ। 'नागरिक सर्वोच्चता हराएको यहाँ उनीहरूको सम्मानलाई व्यवहारिक बनाउन चाहन्छौं। शासकीय स्वरुपमा बहस गर्न चाहन्छौं,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी बाटो अपनाउन सरकार तयार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विवादित विषयमा बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेपछि यसको समाधानको पहल सुरु भएको हो। सोमबार भएको प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च सरकारी अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव आएको थियो। छलफलमा ...
— नेपाल सरकारले मलेसियाबाट स्रोत देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड (अनिवार्य सर्त) स्वीकार गरी कार्यन्वयन गर्न नसिकने भन्दै मंगलबार कुटनीतिक पत्र पठाएको छ । मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो ...
: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने उल्लेख गरेका हुन्। उनले कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न नमिल्ने बताए। उनले अधिवेशन ...
— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोस्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् । 'आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ,' उनले ...
: नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्। ‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा ...