: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता जनार्दन शर्मालाई फर्किन आग्रह गरेका छन्। माओवादीको विघटित केन्द्रीय कमिटीको बैठकमा संयोजक प्रचण्डले नेता शर्मालाई मिलेर अगाडि बढ्न आग्रह गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।
'तपाईंले विचार गर्नुस्। तपाईं फर्किनुस्। सँगै अगाडि जानुपर्छ भनेर अध्यक्षज्युले आह्वान गर्नुभएको छ। उहाँले सबै गणतन्त्र र लोकतन्त्रवादीहरू एक भएर अगाडि बढ्नुपर्छ भन्नुभएको छ। नेतृत्वको टिम निर्माण गर्ने भन्नुभएको छ,' उनले भने। शर्माले भने पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन्।
त्यस्तै भीम रावल, झलनाथ खनाल र घनश्याम भसालसँग पनि निरन्तर संबाद भइरहेको प्रवक्ता सापकोटाले बताए। प्रवक्ता शर्माका अनुसार बैठकले माओवादी, नेकपा एकीकृत समावादीसहितका आठ दलबीच हुने एकतालाई अनुमोदन गरेको बताए।