मुख्य समाचार
प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ
प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ

। प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो ।


प्रहरीका अनुसार, जेन-जी युवाहरूले आह्वान गरेको आन्दोलनको नाममा केही अज्ञात व्यक्तिहरूले बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र सवारी साधनमा आगजनी गरी ठूलो क्षति पुर्‍याएका थिए।

उक्त घटनामा बा १ झ ७४१८ नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्वु प्रहरीले जनाएको छ । बलम्वु प्रहरीले केही दिन अगाडि ४ जना पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनार्दन शर्माले नेकपा माओवादी केन्द्रबाट अलग हुने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर नेता शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका हुन्। नेता शर्माले यो अभियान कुनै पार्टी नभएर, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको बताए। नेता शर्माले ...
नेपाली सेनाका १० जना प्रमुख सेनानी महासेनानीमा बढुवा
— जेन-जी आन्दोलन र प्रदर्शनका बेला आगजनी र तोडफोडमा परेको सर्वोच्च अदालत र जिल्ला अदालत, काठमाडौंका तर्फबाट प्रहरीमा जाहेरी परेको छ । आगजनी, तोडफोड र लुटपाटमा संलग्नबारे अनुसन्धान गरिदिन भन्दै अदालत प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । जाहेरी आउनुअघि ...
: जनार्दन शर्माले पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। प्रगतिशील अभियान नेपालको घोषणा गर्दै नेता शर्माले आफूहरूलाई त्यो कुरा स्वीकार्य नभएको बताए उनले महाधिवेशन गर्न छोडेर प्रचण्डले एकताको नाटक गरेको बताए। 'माओवादी आयोजक समितिको रूपमा रहेको थियो। तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो। आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो। ...
: नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका नेता राम कार्कीले आफूहरूले माओवादीको दर्ज्यानी चिन्ह मिल्काएर आएको बताएका छन्। उनले आफूहरूले माओवादी पार्टीको पदीय भूमिका छाडेको घोषणा गरेका हुन्। ‘उहाँको दर्ज्यानी चिह्न उपमहासचिव हो, मेरो सचिव हो, उहाँको स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिह्न मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास ...