मुख्य समाचार
एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख
एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख

। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग यही कात्तिक १९ देखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशाला, हेटौंडा–६ मा हुने भएको छ।

एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनोट भएका १० टिम प्रतियोगितामा सहभागी हुने छन्। टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रारूपमा खेलाइनेछ। प्रत्येक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।


सेमिफाइनलमा पुगेका चार टिमले यसै वर्ष हुने राष्ट्रिय लिगमा पनि सहभागिता जनाउने अवसर पाउनेछन्। प्रतियोगिताको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहनेछ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछ । त्यस्तै फेयर प्ले टिमलाई ५० हजार नगद दिइनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उच्च स्कोरर र उत्कृष्ट गोलरक्षकलाई २५ हजार नगद पुरस्कार दिइनेछ । प्लेयर अफ द म्याचले ५ हजार नगद प्राप्त गर्नेछन् ।

सहभागी टिमहरूलाई ७ लाख रुपैयाँ तयारी खर्च प्रदान गरिनेछ। प्रतियोगिताको कुल बजेट १ करोड ५४ लाख ५४ हजार ४२५ रहेको एन्फाले जनाएको छ।

सहभागी क्लबहरूमा गाईघाट फुटबल क्लब (उदयपुर), जन जागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काकेविहार युथ क्लब (सुर्खेत), नव जाग्रिती क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा), र लालीगुराँस एशोसियन क्लब (कास्की) छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग फुटबल गरेर अर्को वर्ष ए डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ । सोमबार एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने सहमति भएको हो ...
। शिवसताक्षी नगरपालिकास्थित दुधे रङ्गशालामा आजबाट सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका तर्फबाट मीना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे। रेखाले खेलको ३७औँ, ८०औँ र दोस्रो ...
— मोहमद सलाहले लिभरपुलका लागि २ सय ५० औं गोल गर्दा असाध्यै खुसी लागेको बताएका छन् । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लालाई २–० ले हरायो र इजिप्टको तिनै खेलाडीको गोलको मद्दतले आफ्नो हारको अकल्पनीय यात्रा टुंग्याउन सफल रह्यो । एनफिल्डमा भएको खेलमा सलाहले पहिलो हाफको ठीक अगाडि गोल गरे । भिल्लाका विश्वकप विजयी अर्जेन्टिनी गोलरक्षक ...
— इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले आइतबार बर्नमाउथलाई ३–१ ले पराजित गरेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इतिहाडमा हालान्डसँगै निको ओरिले एक गोल गरे । बर्नमाउथका लागि भने टायर एडम्सले एक गोल फर्काए । यो जितपछि सिटीको १० खेलबाट १९ अंक भएको छ । आर्सनल समान खेलबाट २५ अंकमा शीर्षमा ...
— बार्सिलोनाले स्पेनी ला लिगामा एल्चीलाई आइतबार ३–१ ले हराएको छ । गत साताको एल क्लासिकोको हारपछि बार्सिलोनाले आत्मसात् गरेको यो संघर्षपूर्ण जित रह्यो । यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ । उसको ११ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको रियल म्याड्रिडसँग पाँच अंकको दूरी हो । बार्सिलोना पछाडि ...