मुख्य समाचार
महन्थ ठाकुरले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताए
महन्थ ठाकुरले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताए

। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताएका छन् ।

जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने निर्णय नभएको बताए ।

विद्यापति स्मृति पर्वका अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्ने वक्ताहरूले विद्यापतिको योगदान, महत्व तथा गरिमाको चर्चा गरेका थिए ।

सो अवसरमा कविता वाचनसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो । विभागका अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ ...
। प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, जेन-जी ...
एनबीआई अगुवाइमा निजी क्षेत्रको संयुक्त घोषणा : शान्ति, समृद्धि र युवा सशक्तीकरण
। बन्चरेडाँडा ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्यान्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको छ । अब पोल गाडेर बत्ती जडान गरिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्यानडफिल साइट अनुगमन र स्थानीयसँगको ...
। संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज भएको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गरेर सांसद र संसद्का पदाधिकारी अन्तर्गत रहेका प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ...