मुख्य समाचार
चन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने
चन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने

। सन् १९६९ मा ‘अपोलो ११’ यानले चन्द्रमामा अवतरण गरेको कुरा नक्कली रहेको बताएपछि हलिउड स्टार किम कार्दासियन र अमेरिकी अन्तरीक्ष नियोग नासा आमनेसामने भएका छन् ।

किमले हालैको आफ्नो एक भिडियोमा पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्दै चन्द्र अवतरण फेक रहेको बताएकी थिइन् । उनको स्टार-पावर यति बलियो भयो कि, नासाका प्रमुखले विज्ञप्ति नै जारी गर्दै कार्दासियनको अभिव्यक्तिको खण्डन गर्नुपर्‍यो ।


हुलुको लामो समयदेखि चलिरहेको पारिवारिक शो “द कार्दशियन्स“ को नयाँ एपिसोडमा, किमले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ र बज एल्ड्रिनको चन्द्रमा अवतरण एक काल्पनिक कुरा रहेको बताएकी छन् ।

एल्ड्रिनको अन्तर्वार्ताको अनलाइन भिडियो देखेपछि आफू यस कुरामा विश्वस्त बनाएको उनले बताएकी छिन् । उनले आफ्नो टिप्पणीलाई चन्द्रमामा अवतरण कहिल्यै भएन भन्ने अर्थमा व्याख्या गरेकी छिन् ।


सन् १९७० को दशकदेखि, शंकालुहरूले यो धारणा फैलाएका छन् कि विश्वभरका लाखौं मानिसले प्रत्यक्ष हेरेको उक्त मिसन वास्तवमा नाटकीय थियो ।

अमेरिकी यातायातमन्त्री तथा नासाका कार्यवाहक प्रशासक सीन डफीले कार्दशियनले आफ्ना ४० लाख दर्शकलाई यो विचार अँगालेको बताएपछि यसलाई खण्डन गर्न समय खेर फालेनन् । तत्कालै खण्डन गर्नुपर्‍यो ।

“हो, किम कार्दासियन । हामी पहिले पनि चन्द्रमामा गएका छौं । ६ पटक !’ डफीले बिहीबार एक्स सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे ।

उनले लेखेका छन्, ‘अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा चन्द्रमामा फर्किरहेको छ सन् २०२६ मा । आर्टेमिस दोस्रो मिसनले सन् २०२७ मा योजनाबद्ध चन्द्रमा अवतरण गर्नुअघि, चन्द्रमाको वरिपरि १० दिनको यात्रामा अन्तरिक्ष यात्रीहरूलाई पठाउने तालिका छ ।’

“हामीले अन्तिम अन्तरिक्ष दौड जित्यौं र यो पनि जित्नेछौं,“ डफीले लेखे ।

कार्दशियनले एउटा भिडियोलाई उद्धृत गरिन् जसमा ९५ वर्षकी एल्ड्रिनलाई अपोलो मिसनको क्रममा “सबैभन्दा डरलाग्दो क्षण“ कुन थियो भनेर सोधिएको थियो । आफ्नो फोनबाट पढ्दै, कार्दशियनले एल्ड्रिनलाई यसो भनिरहेको उद्धृत गरिन्, “त्यहाँ कुनै डरलाग्दो क्षण थिएन, किनकि त्यो भएन ।’

त्यसपछि रियालिटी स्टारले भनिन्, “त्यसो भए मलाई लाग्छ यो भएन ।’

रोयटर्सबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...