मुख्य समाचार
कर्णाली प्रदेशमा ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित
कर्णाली प्रदेशमा ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित

। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ ।

आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना एचआईभी संक्रमित भेटिए ।

यस्तै ०७९/८० मा १७ हजार २४९ जनामध्येलाई जाँच गर्दा ९७ जना एचआईभी संक्रमित देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै गरी आर्थिक वर्ष ०८०/०८१ मा १७ हजार ९८५ र ०८१/०८२ मा ३ हजार ५०८ जनालाई जाँच गर्दा ३९ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका एचआईभी र टीभीका फोकल पर्सन अधिकृत पदम केसीले जानकारी दिए ।

उनका अनुसार अधिकांश बसाइँसराइँ गरेर आएका व्यक्तिमा एचआईभीको संक्रमण देखिएको छ ।

प्रादेशिक अस्पताल सुर्खेत, दैलेख, सल्यान, कालिकोट, रुकुम पश्चिमका जिल्ला अस्पताल, राकम कर्णाली, आधारभुत साल्कोट सामुदायिक प्राथमिक स्वास्थ्यचौकी, मेहेलकुना दुल्लु लगायतका स्वास्थ्यचौकी र अस्पतालहरूमा एचआईभी संक्रमितहरूको उपचार भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देनालयका एचआईभी टीभी फोकल पर्सन पदम केसीले बताए ।

विभिन्न ठाउँबाट बसाइँसराइँ गरेर आएको हकमा स्वास्थ्य परीक्षण गर्दा एचआईभी संक्रमित बिरामी फेला परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
ललितपुरको पाटन कृष्ण मन्दिर अगाडि प्रदर्शन गरिएको ऐतिहासिक कात्तिकनाचका क्रममा सोमबार राति हिरण्यकशिपु वध प्रदर्शन