मुख्य समाचार
कर्णाली प्रदेशमा ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित
कर्णाली प्रदेशमा ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित

। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ ।

आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना एचआईभी संक्रमित भेटिए ।

यस्तै ०७९/८० मा १७ हजार २४९ जनामध्येलाई जाँच गर्दा ९७ जना एचआईभी संक्रमित देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै गरी आर्थिक वर्ष ०८०/०८१ मा १७ हजार ९८५ र ०८१/०८२ मा ३ हजार ५०८ जनालाई जाँच गर्दा ३९ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका एचआईभी र टीभीका फोकल पर्सन अधिकृत पदम केसीले जानकारी दिए ।

उनका अनुसार अधिकांश बसाइँसराइँ गरेर आएका व्यक्तिमा एचआईभीको संक्रमण देखिएको छ ।

प्रादेशिक अस्पताल सुर्खेत, दैलेख, सल्यान, कालिकोट, रुकुम पश्चिमका जिल्ला अस्पताल, राकम कर्णाली, आधारभुत साल्कोट सामुदायिक प्राथमिक स्वास्थ्यचौकी, मेहेलकुना दुल्लु लगायतका स्वास्थ्यचौकी र अस्पतालहरूमा एचआईभी संक्रमितहरूको उपचार भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देनालयका एचआईभी टीभी फोकल पर्सन पदम केसीले बताए ।

विभिन्न ठाउँबाट बसाइँसराइँ गरेर आएको हकमा स्वास्थ्य परीक्षण गर्दा एचआईभी संक्रमित बिरामी फेला परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...