मुख्य समाचार
अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र
अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र

। उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ ।

विसं २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ ।

१५ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेपछि पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भइसकेको छ । ६ वटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र अवस्थामा रहेको उनले बताए ।

‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ’, वडाध्यक्ष विसन्केले भने, ‘राज्यको चार करोड रुपैयाँ खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौं ।’

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्मा बताउँछन् ।

पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।

‘राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ’, उनले भने, ‘पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ ।’

२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो । विभागका अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ ...
। प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, जेन-जी ...
एनबीआई अगुवाइमा निजी क्षेत्रको संयुक्त घोषणा : शान्ति, समृद्धि र युवा सशक्तीकरण
। बन्चरेडाँडा ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्यान्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको छ । अब पोल गाडेर बत्ती जडान गरिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्यानडफिल साइट अनुगमन र स्थानीयसँगको ...
। संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज भएको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गरेर सांसद र संसद्का पदाधिकारी अन्तर्गत रहेका प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ...