मुख्य समाचार
मलेसियामा विदेशी श्रमिककाे संख्या १३ प्रतिशतले घट्यो
मलेसियामा विदेशी श्रमिककाे संख्या १३ प्रतिशतले घट्यो

— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ ।


मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा २१ लाख ३२ हजार ५७८ जना वैदेशिक कामदार वैध रूपमा कार्यरत छन् । गत वर्ष सोही अवधिमा यो संख्या २४ लाख ५२ हजार १० थियो । यस वर्ष ३ लाख १९ हजार ४३२ ले कमी आएको हो ।

अहिले सबैभन्दा बढी उद्योग क्षेत्रमा ६ लाख २२ हजार ३८८ कामदार कार्यरत छन् । त्यसपछि निर्माण क्षेत्रमा ५ लाख ८९ हजार ६८४, सेवा क्षेत्रमा ३ लाख ९० हजार ६०७, बाली/प्लान्टेसन क्षेत्रमा २ लाख ६३ हजार १३१, कृषि क्षेत्रमा १ लाख ५८ हजार ६२८, घरायसी सहयोगी (डोमेस्टिक हेल्पर) १ लाख ७ हजार ३७५ र खानी तथा ढुंगाखानी क्षेत्रमा ७६५ जना कार्यरत छन् ।

उपमन्त्री मोहम्मदले वैदेशिक श्रमिकको रोजगारीलाई लामो समयदेखि छ वटा औपचारिक क्षेत्रमा मात्र सीमित राखेको बताए । जसमा उद्योग, निर्माण, सेवा, बाली/प्लान्टेसन, कृषि, र खानी तथा ढुंगाखानी । यी क्षेत्रका उप–क्षेत्रहरू पनि सोही सीमाभित्र पर्छन् ।

मलेसियाले विदेशी श्रमिकको कोटा पनि घटाउँदै गएको छ । उसले कुल जनशक्तिको १५ प्रतिशत विदेशी श्रमिकको लागि कोटा छुट्याएको थियो । अहिले १० प्रतिशतमा झारेको छ । पछिल्लो घटेको संख्या देशगत हिसाबले सार्वजनिक गरिएको छैन ।

गत आर्थिक वर्षमा नयाँ श्रमस्वीकृति लिएर १० हजार नेपाली श्रमिक मलेसिया गएका थिए । ३८ हजार नेपाली श्रमिक पुनः श्रमस्वीकृति लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम