मुख्य समाचार
१० महिनामा ३ सय ६ नेपाली अमेरिकाबाट निष्कासित
१० महिनामा ३ सय ६ नेपाली अमेरिकाबाट निष्कासित

— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो ।


यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीको खोजी र अनुसन्धानलाई कडाइका साथ तीव्रता दिएसँगै निष्कासित हुने नेपालीको संख्या वृद्धि भएको छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएसँगै अमेरिकाले धेरै मुलुकका नागरिकलाई घर फिर्ता पठाएको हो । निष्कासित हुनेमध्ये २ सय ६० पुरुष र ४६ महिला छन् । उनीहरूलाई आइसका प्रतिनिधिको रोहवरमा अमेरिकाबाट चार्टर विमानमार्फत भारत, कतार हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई बुझाइएको थियो ।

अमेरिकाबाट जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपालीलाई निष्कासित गरिएको तथ्याङ्कमा उल्लेख छ ।

आइसको तथ्याङ्कअनुसार पहिलो चरणमा निष्कासन हुने सूचीमा रहेका १ हजार ३ सय ६५ नेपालीमध्ये ३ सय ६ जनालाई नेपाल पठाइएको हो । तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२४ सम्म ६ वर्ष अवधिमा ३ सय ८९ नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । आइसको तथ्याङ्क अनुसार सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ जनालाई निष्कासन गरिएको थियो ।


१० महिनाको अवधिमा नेपालीसँगै २० लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट निष्कासित भइसकेको दाबी गरिएको छ । १६ लाखले स्वतःस्फूर्त रूपमा अमेरिका छोडेको र ४ लाखलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय होमल्याण्ड सेक्युरिटीले दाबी गरेको छ ।

होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले एक सूचना जारी गर्दै ट्रम्प प्रशासनले अघि बढाएको योजना र आइसको सक्रियताका कारण स्वतःस्फूर्त रूपमा अमेरिका छोड्नेको सङ्ख्यामा समेत वृद्धि भएको बताएकी छन् ।



२०२५ जनवरीसम्म १ करोड ५८ लाख (१५.८ मिलियन) गैरकानुनी आप्रवासी रहेको अमेरिकामा २ सय दिन अर्थात् सात महिना अवधिमा २० लाख घटेपछि १ करोड ३८ लाख मात्र रहेको होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

४ वर्षदेखि निरन्तर बढेको गैरकानुनी आप्रवासीको सङ्ख्या १० महिना अवधिमै घटाउन सफल भएको होमल्याण्ड सेक्युरिटीकी सचिव नोएमको दाबी छ । गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका हुन् ।

गैरकानुनी आप्रवासी निष्कासितसँगै उनीहरूलाई रोजगार दिने व्यवसायीहरूलाई समेत आइसले पक्राउ गरेको छ । आइसका अनुसार पक्राउ परेका ती व्यवसायीबाट १० लाख अमेरिकी डलर जरिवाना लिइएको थियो ।

‘अमेरिकामा गैरकानुनी रूपमा रहेकाहरूलाई पक्राउ गर्ने र निष्कासन गर्ने सङ्ख्या बढ्दै जानेछ । यो कार्य निरन्तर कडाइका साथ जारी रहनेछ,’ नोएमले भनिन्, ‘आइसको प्रयास अहिले देशको भित्री भागबाट गिरफ्तारी र निष्कासनमा केन्द्रित हुनुपर्छ । त्यो सङ्ख्यात्मक हिसाबले पनि देखिएको छ ।’

ट्रम्प प्रशासनले सीमा सुरक्षामा खटिने यूएस बोर्डर एन्ड कस्टम पेट्रोल (सीबीपी) लाई गैरकानुनी रूपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरूलाई अवस्थाको अध्ययन गर्दै सामना गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानुनी कारबाही अघि बढाउन र निष्कासन गर्न आदेश दिएको जनाएको छ । १० महिनामा गैरकानुनी आप्रवासी प्रवेश गर्न खोज्ने ९८ प्रतिशतले घटेको होमल्यान्ड सेक्युरिटीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम