मुख्य समाचार
भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार
भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार

— मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।


यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म दुई सय ८६ जना कैदीबन्दी कारागार फर्केका छन्,भने एक सय ५४ जना कैदीबन्दी अझै फर्किन बाँकी रहेका छन् ।

कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भिमफेदी कारागार फर्किएका छन् । अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताए ।

कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई ६० र (क) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले जानकारी दिए ।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...