: सिद्धार्थ राजमार्ग हुँदै बुटबलबाट बाग्लुङतर्फ लैजाँदै गरेको १३ कार्टुन खैनी (सुर्तीजन्य पदार्थ) स्याङ्जाको नाका राम्दीबाट प्रहरीले नियन्त्रणमा लिइएको छ।
गल्याङ नगरपालिका-१ स्थित अस्थायी प्रहरी चौकी राम्दी नाकामा खटिएका प्रहरीले गए राती साढे १ बजे १३ कार्टुन अर्थात ६ हजार ४८० बट्टा खैनी सहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। उनका अनुसार खैनीको बजार मूल्य २ लाख ७३र हजार रुपैयाँ छ।
बुटवलबाट आउँदै गरेको ग १ क ५३८६ नम्बरको ट्रकमा बिज्ली स्प्रिट टोबाको लेखिएको खैनी ल्याइएको थियो। प्रहरी चेकजाँच गर्ने क्रममा खैनी भेटियो। बरामद खैनी आवश्यक अनुसन्धान र कारबाहीका लागि आज नै भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीको भनाई छ।