: मनास्लु क्षेत्र भ्रमणका क्रममा पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक चार दिनदेखि बेपत्ता छिन्। चुमनुब्री ३ न्याकफेदी र पेवाको बीचको पहिरोमा शुक्रबार दुई बजेतिर पुरिएकी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेकी प्रहरीले जनाएको छ।
ठाउँ ठाउँमा रहेको पहिरोका कारण उद्धारकर्ताहरु शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन्। पहिरो पन्छ्याउँदै घटनास्थल पुगेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको समूहले आइतबार र सोमबार पहिरोभित्र खोजी कार्य गरेको थियो। तर, फेला पार्न नसकेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनको साथमा रहेका श्रीमान र गाइड भने भागेर ज्यान बचाएका थिए।