मुख्य समाचार
वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित
वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित

— वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा आइतबार यो सिजनको दोस्रो जित आत्मसात् गरेको छ । लन्डन स्टेडियममा एक गोलले पछाडि रहेको स्थितिबाट वेस्ट ह्यामले न्युकासल युनाइटेडमाथि ३–१ को पुनरागमन जित रचेको हो । नयाँ प्रशिक्षकका रूपमा नुनो स्पिरिटो सान्टु आएयता वेस्ट ह्यामको यो पहिलो जित हो ।


यस्तै फेब्रुअरीयता वेस्ट ह्याम आफ्नो घरेलु मैदानमा विजयी रहेको पनि यो पहिलो पटक हो । यो जितपछि वेस्ट ह्यामको दस खेलबाट सात अंक भएको छ र अझै १८ औं स्थानमा रहेर रेलिगेसन क्षेत्रमा छ । न्युकासल भने १२ अंकमा १३ औं स्थानमा रहेको छ ।

न्युकासलले चौथो मिनेटमा ज्याकोब मर्फीको गोलले अग्रता लिएको थियो । लुकास पाक्वेटाले ३५ औं मिनेटमा वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा स्भेन बोटमनले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम पहिलो पटक खेलमा अगाडि रह्यो । टोमस सोचेकले खेलको अन्त्यतिर वेस्ट ह्यामका लागि तेस्रो गोल थपे ।

सेल्टा भिगोको जित

म्याड्रिड– रोमन गोन्जालेजले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको निर्णायक गोलको मद्दतले सेल्टा भिगोले स्पेनी ला लिगामा आइतबार दस खेलाडीमा सीमित लेभान्टेलाई २–१ ले पराजित गरेको छ । ओस्कार मिग्वेजाले पहिलो हाफमा गोल गरेपछि सेल्टा भिगाले सुरुआती अग्रता लिएको थियो ।


लेभान्टेका लागि केरभनी एरिगाले दोस्रो हाफमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । लेभान्टेले २९ औं मिनेटमा उनाई भन्सेन्डरलाई रातो कार्डमा गुमाएको थियो र यसले सेल्टा भिगोलाई केही सजिलो बनाएको थियो । यो जितपछि सेल्टा भिगोको १३ अंक भएको छ र ११ औं स्थानमा उक्लेको छ । लेभान्टे भने ९ अंकमा १७ औं स्थानमा छ ।

इन्टर दोस्रो स्थानमा

मिलान– इन्टर मिलानले इटालीको सिरी ‘ए’ आइतबार हेलास भेरोनालाई २–१ ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पिटोर जिलिन्स्कीको गोलले इन्टरले १६ औं मिनेटमा अग्रता लिएपछि घरेलु टिमका लागि गिओभानेले ४१ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला मार्टिन फ्रेसेले दोस्रो हाफको इन्ज्युरी समयमा आत्मघाती गोल गरे र यससँगै इन्टर विजयी रह्यो र उसको १० खेलबाट २१ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको नेपोलीसँग एकै अंकको मात्र दूरी हो । डिफेन्डिङ च्याम्पियन नेपोलीको २१ अंक रहेको छ ।

पीएसजी पछ्याउँदै मार्से

पेरिस– एन्जेल जोमेजले गरेको एक मात्र गोलको मद्दतले फ्रान्सेली लिग–वानमा मार्सेले आइतबार एक्सेरलाई १–० ले हराएको छ र अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । यो जितपछि मार्सेको ११ खेलबाट २२ अंक भएको छ र यो शीर्षमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दुई अंकको अन्तर हो ।

पीएसजीको ११ खेलबाट २४ अंक रहेको छ । मोनाको भने २० अंकमा तेस्रो स्थानमा छ । गोमेजले ३० औं मिनेटमा निर्णायक गोल गर्न सफल रहे । खेलको अन्त्यमा दुवै खेलाडी १०–१० खेलाडीमा सीमित रहे । मार्सेका युलिसे गार्सिया र अक्सेरका सिनाली डाइमन्डे रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...