मुख्य समाचार
रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा ८ जना पर्यटक बेपत्ता,तीन जनाको मृत्यु
रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा ८ जना पर्यटक बेपत्ता,तीन जनाको मृत्यु

: रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा ८ जना पर्यटक बेपत्ता भएका छन्। पहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ भने ४ जना पर्यटक घाइते भएका छन्।



गत कात्तिक ११ गते दोलखाको गौरीशंकर गाउँपालिका-९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल आरोहणका लागि १५ जनाको टोली गएका थिए। उनीहरू सोमबार बिहान ८ बजेतिर हिमपहिरोमा परेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। १५ जनाको टोलीहरूमा को के भए भनेर पहिचान खुल्न सकेको छैन।


आरोहण टिममा दुई/तीन वटा ग्रुप रहेको र एउटा ग्रुपमा दुई जना विदेशीसहित चारजना रहेको स्थानीयले बताएका छन्। उनीहरू यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको पनि बताए। डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुईजना ना गाउँमा बसेको स्थानीयले बताएका छन्।



पर्यटकहरू बेपत्ता भएको खबर ना गाउँका स्थानीयहरूलाई १० बजेतिर नै थाहा भएको र लगतै उद्धारका लागि हेलिकोप्टर मगाइएको भए पनि कानुनी प्रक्रिया पुरा गर्दा ४/५ घण्टासम्म पनि हेलिकोप्टर आउने अवस्था नभएको बेपत्ता आरोहीका साथीहरूले बताएका थिए।

उनीहरूको उद्धारका लागि स्थानीय प्रशासनले हेली एभरेस्टलाई निषेधित क्षेत्रमा उडानका लागि अनुमति दिएको छ। प्रतिकूल मौसमका कारण घटनास्थलमा हेलिकोप्टर पुग्न सकेको छैन। नेपाली सेना, सशस्त्रको टोली र प्रहरीका टोलीहरूद्वारा उद्धारका लागि प्रयास भइरहेको पनि प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...